अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

पत्रकार खशोग्जीको हत्याबारे अनुसन्धान भइरहेको राष्ट्रपति ट्रम्पको जिकिर

बिआरटीनेपाल २०७५ मंसिर ७ गते ८:३९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्याबारे अमेरिकी गुप्तचर एजेन्सी ‘सीआईए’ले अनुसन्धान गरिरहेको जिकिर गर्नुभएको छ । हत्यावारे विस्तृत अनुसन्धान भैरहेको उल्लेख गर्दै उहाँले अहिले नै निष्कर्ष सुनाउन हतार हुने बताउनुभयो ।

फ्लोरिडामा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले सीआईएले घटनाबारे अनुसन्धान गरिरहे पनि निष्कर्ष ननिकालेको दाबी गर्नुभयो । हत्यामा साउदी युवराज मोहम्मद बिल सलमान संलग्न रहेको आरोपमा भने आफू विश्वस्त नभएको राष्ट्रपति ट्रम्पको भनाइ छ ।

यसअघि पनि ट्रम्पले साउदी अरबसँगको सहकार्यको बचाउ गर्दै साउदी युवराज मोहम्मद बिल सलमानको उक्त घटनामा संलग्नता नदेखिएको बताउनुभएको थियो । अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि लेख्दै आएका साउदी पत्रकार खाशोग्जीको गत अक्टोबर २ मा टर्कीको ईस्तानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू