अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

११० औं लक्ष्मी जयन्ती तथा राष्ट्रकविको १०० औ जन्मोत्सव न्यूयोर्कमा सम्पन्न

राजेन्द्र श्रेष्ठ, न्यूयोर्क २०७५ मंसिर ६ गते ११:२८ मा प्रकाशित

न्यु योर्क, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क च्याप्टरको आयोजनामा, ११०औं देवकोटा जयन्ती सम्पन्न भएको छ। यस संस्था द्वारा बर्सेनि मनाइने यो लक्ष्मी जयन्ती कार्यक्रम यस पटक क्विन्सको ज्याक्सन हाइट स्थित हिमालयन याकमा देवकोटाको चिनारी, पुस्तक विमोचन, रचना वाचन र देउसी भैलो आदि कार्यक्रम सहित मनाइएको थियो भने यसै अवसरमा गत असोज देखि सय वर्ष पुग्नु भएका राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यूको १००औ जन्मोत्सव पनि सगौरव मनाइएको थियो ।

उक्त कार्यक्रमका लागि प्रमुख अतिथि, नेपाल नियोगका कार्यवाहक महावाणिज्य दूत, श्री पुष्प राज भट्टराई द्वारा पानसमा वति बालेर सुरु गरिएको कार्यक्रमको अध्यक्षता च्याप्टरका अध्यक्ष श्री राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो।

उपस्थित संस्थाका सदस्यहरू लगायत विभिन्न साहित्यकार तथा साहित्यनुरागीहरू र कलाकारहरूको समूहले अडियोको साथ नेपाली तथा अमेरिकन राष्ट्रिय गानहरू प्रस्तुत गरेका थिए । अ ने सा स न्यु योर्क च्याप्टरका उपाध्यक्ष तथा साहित्यकार शकुन ज्ञवालीले उपस्थित सबैलाई स्वागत गरेर अघि बढाइएको उक्त कार्यक्रममा अ ने सा स न्यु योर्क द्धारा प्रकाशित हुने दै वार्षिक स्मारिका – प्रतिध्वनिका सम्पादक धनिराम सापकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा बोल्नु भएको थियो।

लक्ष्मी जयन्तीको यसै अवसरमा न्यु योर्क च्याप्टरले राष्ट्र कवि माधवप्रसाद घिमिरे ज्यूको १००औं जन्मोत्सव उहाँकै सुपुत्री, साहित्यकार ज्योति पौडेल र ज्वाइँ बद्री पौडेलको हातबाट केक कटाएर मनाएको थियो र राष्ट्रकविले नेपाली साहित्यमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै उहाँलाई सम्मान तथा अभिनन्दन पत्र प्रदान गरिएको र उहाँको सु-स्वास्थ्य तथा अझ दीर्घ जीवनको कामना गरिएको थियो। यसको अलावा राष्ट्रकवि ज्यूको बायोग्राफी- च्याप्टरका पूर्व अध्यक्ष, पुनम काफ्लेले प्रस्तुत गर्नु भएको थियो भने ऊहा द्वारा लिखित गीत अ ने सा स का केन्द्र सदस्य तथा च्याप्टरका पूर्व अध्यक्ष विकास विष्टले गाउनु भएर रौनकता छर्नु भयको थियो।

यसै लक्ष्मी जयन्तीको सुअवसर पारेर तीन वटा कृतिहरू र दुईवटा गीति एलबमहरूको विमोचन गरिएको थियो । अ ने सा स न्यु योर्क च्याप्टरका पूर्व अध्यक्ष तथा साहित्यकार ज्योति पौडेलको कृति “अचम्म भो” कथा सङ्ग्रह; अ ने सा स का पूर्व केन्द्रीय अध्यक्ष तथा हाल बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष, गीता खत्रीको गीति एलबम “यात्रा”; च्याप्टरकी महासचिव शान्ता घिमिरेको “भगवान् खोज्दछु” गीति एलबम र “कर्मभूमि को फुल” कृति साथै अ ने सा स नेपालका अध्यक्ष साहित्यकार उन्नति बोहराको “ शान्ति तिमी फर्की आऊ “ गीति सङ्ग्रहको लोकार्पण एक एक गरी गरिएको थियो।

यसैक्रममा साहित्य सर्जकहरू, गीता खत्री, ज्योति पौडेल, शान्ता घिमिरे तथा हाल अमेरिकाको भ्रमणमा रहनु भएका लेखक, इन्जिनियर श्री गोपाल श्रेष्ठलाई च्याप्टरका तर्फबाट अधक्ष्य श्री राजेन्द्र श्रेष्ठले खादा,दोसल्ला र पुष्प गुच्छाद्वारा सम्मान गर्नु भएको थियो ।

तत्पश्चात् हरेक वर्ष झैँ देउसी भैलो खेलेर कार्यक्रममा तिहारको रौनकता थपिएको थियो । रचना वाचनको क्रममा कविहरू डा. गोविन्द कोइराला, राजन महर्जन, विष्णु बैजु, वन्दना कोइरालाले आआफ्ना रचनाहरू वाचन गर्नु भएको थियो भने कार्यक्रममा साहित्यकारहरू लगायत अरू थुप्रै साहित्य अनुरागीहरू र नेपाली पत्रिका विश्व सन्देशका प्रबन्धक योगेश आदिको पनि उपस्थिति रहेको थियो ।कार्यक्रमको अन्त्यमा च्याप्टरका अध्यक्ष ले आफ्नो मन्तव्य र धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सकिएको घोषणा गर्नु भएको थियो । कार्यक्रम को सञ्चालन च्याप्टर की सचिव, साहित्यकार लक्ष्मी श्रेष्ठ ले गर्नु भएको थियो।

hdrpl

प्रतिक्रिया