अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

सीप

राजेन्द्र श्रेष्ठ, न्यूयोर्क २०८० पुष ६ गते २०:२६ मा प्रकाशित

स्रग्विणी छन्द कविता

सीप नै ज्ञान हो ज्ञान नै सीप हो
सीपले धन्य जो साध्यको दीप हो
सीपले सीपको ज्ञान थप्दै गए
सीप कै सारले दिव्य धेरै भए।

बागमा फूलको बोट सौन्दर्य त्यो
खेतमा धान जो सीप कै कार्य भो,
सीपले फुल्दछन् सीपले फल्दछन्
सीप नै छैनऔ लौ यसै गल्दछन्।

सीप चाहिन्छ त्यो देश नेतृत्व मा
सीप चाहिन्छ त्यो सौम्य मैत्रेयमा,
सृष्टिको बागमा सीप ले सुन्दर
सीप ले कर्ममा पौरखी छन् हेर।

सीपले एकता बागमा मञ्जरी
सोचले बोधले सानको निर्झरी,
भ्रान्ति ले दृष्टको चालले नर्क नै
शान्तिले बुद्धको देश यो स्वर्ग यै।

सीपमा साध्यको कर्ममा साधना
सोचमा धर्मको ज्ञान आराधना,
साथमा सत्यको दिव्य होस् भावना
जिन्दगी दीप भै दिव्य सम्भावना।