अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको टप फाईभमा पर्न सफल

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ८:५९ मा प्रकाशित

मिस नेपाल श्रृंखला खतिवडा चीनमा आयोजित मिस वर्ल्ड प्रतियोगिता २०१८ को टप फाईभमा पर्नुभएको छ । नेपाली मितिअनुसार यहि मङ्सिर २२ गते शनिबार आयोजना हुने प्रतियोगितामा उपाधि जित्नको लागि विश्वभरीबाट आएका १२१ सुन्दरीहरुलाई पछि पार्दै श्रृंखला उत्कृष्ट ५ मा पर्नुभएको हो । विभन्न देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै सबैभन्दा बलियो सम्भावना बोकेको उत्कृष्ट १० को सूचीमा छनौट भएसंगै श्रृंखलाको मिस वर्ल्डको उपाधि जित्ने सम्भावना बढ्दै गएको हो । मिस नेपाल श्रृंखलाले अहिलेसम्म भारत, चीन र फिलिपिन्स लगायतका देशका सुन्दरीहरुलाई समेत पछि पार्नुभएको छ ।

गो प्याजिअन्ट नामक युट्युव च्यानलले सार्वजनिक गरेको प्रवल दावेदार सुन्दरीहरुको सुचीमा उहाँलाई चौथो नम्वरमा राखिएको छ । श्रृंखलाको सौन्दर्य, सामाजिक व्यवहार र विद्धताले उहाँलाई वलियो प्रतिष्पर्धीको रुपमा प्रस्तुत गरिएको च्यानलले तयार पारेको रिपोर्टमा उल्लेख छ । श्रृंखलाले ब्युटी विद् पर्पोजमा समेत उत्कृष्ट प्रस्तुति दिएको रिपोर्टमा जनाईएको छ । ५ फिट ७ इन्च उचाई भएकी २३ वर्षीय मिस नेपाल श्रृंखलाले सन् २०१८ मा २५ प्रतियोगीमध्ये प्रमुख निर्णायकले सोधेको–समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै मिस नेपालको ताज जित्नुभएको थियो ।

उहाँलाई भोट गरेर जिताउन जिताउन सकिनेछ । यसको लागि पहिले मोबस्टार नामको एप एन्ड्रोइडको लागि गुगल स्टोर र आइओएसको लागि एप स्टोरमा सर्च गरेर डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपछि एपमा गएर कुनै पनि सामाजिक संजालबाट लग इन गर्नुपर्छ र अंग्रेजीमा शृंखला खतिवडा भनेर सर्च गर्नुपर्छ । अनि फलो बटनमा थिचेर उहाँलाई फलो गर्नुपर्छ । त्यसपछि देब्रेबाट दाहिनेतिर स्वाईप गर्नुपर्छ जुन गरेपछि भोट मानिन्छ । त्यहाँ सभ्यखालको कमेन्ट पनि गर्नुपर्छ किनभने कमेन्टको पनि गणना हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू