अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

जिस्म’ को सिक्वेल ‘जिस्म २’ को धमाधम छायांकन

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते १८:४५ मा प्रकाशित

करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’ को यति बेला धमाधम छायांकन भई रहेको छ । चलचित्रको छायांकन पोखरामा भइ रहेको छ ।’जिस्म’ ले औसत मात्र ब्यापार गरेको थियो । राजु गिरिको निर्माण रहेको चलचित्रलाइ निर्देशक सुचिन्द्र परियारले निर्देशन गरेका छन् । राजु गिरीले अब ग्ल्यामर निर्देशक बाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशक लाइ चान्स दिएको बताए ।

सुरज कुँवरले छायांकन गरेको चलचित्र ‘जिस्म २’बाट रमेश बिश्वकर्मा र रेजिना भण्डारीले डेब्यु गर्दै छन् । चलचित्रमा अनिल राइको नृत्य,योगेश काजीको संगीत रहेको छ । चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरि बताउछन ।

चलचित्र ‘जिस्म’मा अर्चना पनेरुले दिएको दृश्य भन्दा नव अभिनेत्री रेजिना भण्डारीले अझै ग्ल्यामर दृश्य दिएकि छिन । चलचित्र आगामी नयाँ बर्षमा प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ ।

प्रतिक्रिया