अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

हंगकंगमा दीप श्रेष्ठ स्वर्णिम साँझ हुने

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते १०:२३ मा प्रकाशित

नेपाली सङ्गीत क्षेत्रका सम्मानीय तथा लोकप्रिय गायक दीप श्रेष्ठले सङ्गीत क्षेत्रमा लागेको पचास वर्षको उपलक्ष्य पारी नेपाल क्लब, हंगकंगले दीप श्रेष्ठ स्वर्णिम साँझ २०१८ आगामी डिसेम्बर ३० तरिकाका दिन हंगकंगको यामुताइ कम्युनिटी हलमा आयोजना गर्ने भएको छ ।

बुधवार हंगकंग स्थित हंगकंग नेपाली महासङ्घको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्लब, हंगकंगकि अध्यक्ष रिता गुरुङले भव्य रूपमा आयोजना हुने कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ आफ्नो साङ्गीतिक समूह सहित आफ्ना नयाँ तथा पुराना गीतहरू गाएर आफ्नो ५० औँ साङ्गीतिक उत्सव हंगकंगबासी नेपालीहरूमाझ प्रस्तुत गर्नुहुनेछ ।

पूर्वी नेपालको धरानका स्थायी बासिन्दा दीप श्रेष्ठले १४ वर्षको उमेर देखि नै पूर्वमा हुने विभिन्न सांस्कृतिक तथा साङ्गीतिक कार्यकर्ममा भाग लिइरहन्थे । यसै कर्ममा २०२५ साल पुस महिनामा सांस्कृतिक कार्यक्रम लिएर धरानबाट काठमाडौँ आएका दीप श्रेष्ठले राष्ट्रिय नाचघरमा तत्कालीन राजा महेन्द्रका सामु गीत गाउने अवसर पाएका थिए । उनको गायन कलाबाट मोहित राजा महेन्द्रले तत्कालै आफूले मन लागेजती गीत रेडियो नेपालमा रेकर्ड गर्ने व्यवस्था गरिदिए । त्यो समयमा रेडियो नेपालमा पालो कुर्नु पर्ने समयमा उनले म पत्थरको देउता होइन लगायत ६ वटा गीतहरू रेकर्ड गराए, जुन निकै लोकप्रिय भए ।

त्यसपछि पछाडि फर्कनु नपरेको वरिष्ठ गायक श्रेष्ठले अहिले २०७५ सालमा आफ्नो साङ्गीतिक आरोह अवरोह पार गरेको पचास वर्ष लागिसकेको छ ।
मत दूर देखि, बिधुवाको सिउँदो, हर रात सपनीमा, मेरो आँखामा, बितेका कुराले, कति कम्जोर रहेछ बह्ग्य, झिरमा उनिनु, भन्थिन मेरी उनी, साइँली बारी चिया बारीमा, हुँयात्री म एउटा लगायतका थुप्रै कालजयी गीतहरूमा उनको स्वर-सङ्गीत रहेको छ ।

गायक श्रेष्ठलाई युगल गीतहरूमा साथ दिन उनकी गायिका छोरी दृष्टि श्रेष्ठ र उद्घोषणमा मिस पुर्वान्चल २०१६ र मिस ग्रान्ड इन्टरनेसनल नेपालको फर्स्ट रनर विजेता तथा धरानको विजयपुर एफ एम कि आरजे इक्सा मादेन सहभागी हुनेछिन् ।

गायक दीप श्रेष्ठको साङ्गीतिक क्षेत्रमा योगदान दिएको ५० औँ बर्षगाठलाई आयोजक नेपाल क्लब, हंगकंगको वार्षिकोत्सवको अवसरमा आयोजना गर्न पाउँदा गौरावावान्तित महसुस गरेको बताउनुहुँदै अध्यक्ष रिता गुरुङले कार्यक्रम हंगकंगबासी नेपाली सङ्गीतप्रेमीहरू माझ विशेष र स्मरणीय हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू