अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

नेपाली खेलाडीलाई प्रशिक्षण दिन दक्षिण अफ्रिकी पूर्व क्रिकेटर जन्टी रोड्स नेपालमा

बिआरटीनेपाल २०७५ कार्तिक २६ गते ६:५९ मा प्रकाशित

दक्षिण अफ्रिकी पूर्व क्रिकेट खेलाडी एवं प्रशिक्षक जन्टी रोड्स नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिन नेपाल आउनुभएको छ । उहाँले खेलाडीहरुलाई काठमाडौंमा क्रिकेट प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । प्रशिक्षण शिविर त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तीपूरमा यही बुधवारदेखि शुरु भएर १० दिनसम्म चल्नेछ । यो प्रशिक्षण शिविर १७ वर्ष र १९ वर्षमुनिका युवाहरुलाई लक्षित गरिएको छ ।

दक्षिण अफ्रिकी राष्ट्रिय टोलीबाट ५२ टेस्ट म्याच र २ सय ४५ एक दिवसिय क्रिकेट म्याच खेलेका रोड्स आफ्नो समयका उत्कृष्ट फिल्डरको रुपमा चिनिनुहुन्छ । रोड्सले काठमाडौंमा हुने यो हाई पर्फर्मेन्स शिविरले उमेर समुहमा उत्कृष्ट नेपाली क्रिकेटलाई सिनियर राष्ट्रिय टोलीसम्म विस्तार गर्न सहयोग गर्ने विश्वास दिनुभउको छ । नेपालका पूर्व राष्ट्रिय क्रिकेटहरुले सञ्चालन गरेको नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड प्रा.लि.ले आयोजना गरेको यो प्रशिक्षण शिविरमा रोड्सलाई वेष्ट इंडीज र अफ्गानिस्तानका पूर्व फिल्डिङ प्रशिक्षक रायन मारोनले पनि सहयोग गर्नेछन् ।

रोड्स विगत १० वर्षदेखि इण्डीयन प्रिमियर लिग (आईपिएल) क्रिकेटको शिर्ष टोली मुम्बई इण्डीयन्सको फिल्डिङ प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू