अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

भुटानीहरूको पुनर्वासको सफल दश बर्से उत्सवसँगै अस्ट्रेलियाको अल्बेरी-हुडुङ्गा सहरमा दसैँ-तिहार विशेष कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते १८:३४ मा प्रकाशित

२०११ मा स्थापना भएको भुट्नीस एसोसिएसन इन अल्बेरीले यो वर्ष पुनर्वासगँको सफल दश वर्ष पार गरेको उपलक्ष्यमा अस्ट्रेलियाको अल्बेरी-हुडुङ्गा सहरमा गत शनिवार (२७ अक्टोबर, २०१८) का दिन एक भव्य कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । 

स्थानीय अल्बेरी सिटी काउन्सिलका काउँन्सिलर डेविड थोर्लेको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहमा भुटानी पुनर्वास कार्यक्रमसँग प्रत्यक्ष-अप्रतक्षरूपमा काम गर्दै आएका दर्जनौँ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। भुटानी-नेपाली सांस्कृतिक, पौराणिक, आधुनिक गीत र नृत्यहरूको बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रममा नेपाली खानाको परिकारले आगन्तुक पाहुना र दर्शकवृन्दलाई स्वागत गरिएको थियो ।

भुटानी शरणार्थीहरूलाई यस देशमा सफल पुनर्वास गर्न सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई, उहाँहरूको सहयोगको उच्च मूल्याङ्कन गर्दै एशोशिएशनकोतर्फबाट समाजका अग्रज ९४ वर्षीय नरपति अधिकारी (पाठसाले बा), सूर्यमान खड्का र हस्त गुरागाइको हातबाट सम्मान समेत गरिएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थोर्लेले भुटानीहरू पुनर्वास भएपछि यो क्षेत्रको विकासका निम्ति अतुलनीय योगदान पुर्‍याएको भन्दै खुलेर प्रशंसा गर्नु भयो । यसै गरी अर्का अतिथि फ्रेकं जोनसोनले पुनर्वाससँगै भुटानीहरूले गरेको सङ्घर्ष र पाएको सफलताको प्रतक्षदर्शी आफू रहेको कुरा बताउनु भएको थियो । आफू पुनर्वास कार्यक्रममा प्रत्यक्ष जोडिएको र भुटानीहरू आत्मनिर्भरका लागि सदैव सङ्घर्ष गरिरहने समेत बताउनु भएको थियो ।

अल्बोरी-वडङ्गा इथ्निक कम्युनिटीस काउँन्सिल (AWECC) बाट पाल्नु भएका ब्रेड सेण्डरसनले भुटानीहरूमा भएको एकताको प्रशंसा गर्दै यस्तै एकता कायम गरिरहनु पर्ने बताउनु भएको थियो । आफ्नो मन्तव्य राख्ने क्रममा भूटानीहरूसगँ केशवर्करकोरूपमा लामो समय बिताउनु भएकी आइरीन टिक्नरले यो क्षेत्रमा पुनर्वास भएका पहिलो परिवारदेखि हालसम्म पुनर्वास भएका परिवारहरूसँग काम गरेको लामो अनुभव बताउनु भएको थियो ।

एसोसिएसनका अध्यक्ष आर. के गुरागाईले आगन्तुक सम्पूर्ण पाहुनाहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुकासाथै वहाँहरूले गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो भने समाजसेवी तेजु चिहानले पुनर्वाससँगै भोगेको चुनौती र पाएको सफलताको कथा सुनाउनु भएको थियो । उक्त कार्यक्रमलाई अल्बोरी-वडङ्गा हिन्दु वैदिक सेवा समिति र अल्बोरी-वडङ्गा इथ्निक कम्युनिटीस काउँन्सिल (AWECC) ले समर्थन गरेको थियो भने प्रचार प्रसारमा साझा आवाज, भूट्निज नेपाली प्रोग्राम, दर्पण नेपाल, सुन्कोस टि.भी, आर.के मिडिया, मेरो कपुरी क, ग्लोबल भूट्निज मिडिया आदिले ले साथ दिएका थिए ।

एसोसिएसनका अपाध्यक्ष दुर्गाप्रसाद रिमालको स्वागत मन्तव्यबाट सुरु भएको यस कार्यक्रमलाई साहित्य सर्जक रिमेन आलोकले सञ्चालन गरेका थिए । अर्का एक जना भूट्नीज एसोसिएसनका कार्यकर्ता हरि सापकोटाद्वारा कार्यक्रम सफल पार्न प्रत्यक्ष र परोक्ष रूपमा भूमिका खेल्नुहुने सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू