अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

चीनको २१ औँ सताब्दी समुन्द्री सिल्क रोड एक्स्पो २०१८ मा पाटा नेपाल च्याप्टरको सहभागिता

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते ९:२० मा प्रकाशित

चीनको ग्वाङ्गजाओमा अक्टोवर २४ देखि २६ सम्म आयोजित २१ औँ सताब्दी समुन्द्री सिल्क रोड एक्स्पो २०१८ मा नेपालले सहभागिता जनाएको छ । विश्व भरीका ४६ मुलुकहरु बाट ८०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको उक्त एक्स्पोमा नेपाल डेलिगेशन को अगुवाई पूर्व उपप्रधान मन्त्री नारायण काजी श्रेष्ठले गरेका थिए ।

सो एक्स्पोमा १९ जना नेपाली टोलीले सहभागिता जनाएका छन् । कार्यक्रममा हरीत वाणिज्य, पर्यटन, साँस्कृतिक तथा प्राविधिक उद्योगहरुको अन्तर्राष्ट्रिय संयोजन सम्बन्धित महत्वपुर्ण विषयहरुमा छलफल गरीएको थियो, जहाँ पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल शाक्यले नेपालको तर्फबाट प्रस्तुती दिएका थिए । वहाँले नेपालमा विशेष गरी पर्यटनक्षेत्र तथा विविध अन्य क्षेत्रहरुमा लगानीको अवसर बारे प्रकाश पारेका थिए ।द बेल्ट एण्ड रोड” को पहलले नेपालको विकासमा पु¥याउने महत्वपुर्ण योगदान वारे उल्लेख गदै बर्तमान परिपेक्षमा नेपाली पर्यटनको विकासका लागि पूर्वाधारमा लगानी अपरिहार्य रहेको बताउदै सरकारी, सरकारी–निजि वा निजि तहका विविध क्षेत्रमा चिनियाँ लगानी कर्ताहरुका लागि प्रयाप्त अवसरहरु रहेको बताउनुभयो । यस सन्दर्भमा पर्यटन सम्बन्धित एअरपोर्ट, एअरफिल्ड, कार्गो टर्भिनल, एअर कोरिडोर, हाइवे, डिलक्स होटेल, रिसोर्ट, क्यासिनो, सपिङ्ग मल, थिम पार्क, लक्जरी तथा विद्युतीय लगायत थुपै क्षेत्रमा लगानी गर्न वहाँले चिनीयाँ प्रतिनिधि तथा सरोकारवालाहरु लाई आह्वान समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू