अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

अन्यत्र प्रयोग भइरहेका मेलम्ची आयोजनाका गाडीहरू फर्काउने तयारीमा मन्त्रालय

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ६:१८ मा प्रकाशित

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरू अन्यत्र प्रयोग भइरहेको विषयमा केही मिडियामा आएको समाचार प्रति खानेपानी मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

आयोजनाका गाडीहरू अन्यत्र प्रयोग भएको भन्ने समाचार आएपछि मन्त्रालयले प्रयोग भएका ती गाडीहरू फर्काउने तयारी गरेको छ । मन्त्रालयको सोमबार बसेको बैठकले मेलम्चीको नाउँमा रहेका गाडीहरू फर्काउने प्रक्रियामा मन्त्रालय अघि बढ्ने भएको छ । राजनीतिक र अन्य प्रभावका आधारमा मेलम्ची खानेपानी आयोजनाका गाडी अन्यत्र प्रयोग भएको सन्दर्भमा खानेपानी मन्त्री बिना मगरले चासो दिनुभएको थियो ।

समितिका अनुसार प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुई वटा गाडी प्रयोग भएका छन् । बा. १ झ ८९९५ को ल्यान्ड क्रुजर र बा १ झ ८७५९ नं.को प्राडो जिप प्रधानमन्त्री कार्यालयमा प्रयोग भएका हुन् भने बा ८ च ६७६० नं.को प्राडो जिप सहरी विकास मन्त्रालयमा रहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणमा प्रयोग भइरहेको मेलम्ची आयोजनाको बा १झ ८७६३ नं. को प्राडो गाडी र बा १ झ ५१८४ नम्बरको टोयोटा कोरोला कार समेत फिर्ता ल्याउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

त्यस्तै सहरी विकास मन्त्रालयमा प्रयोग भइरहेको बा १ झ ७१९४ नं. को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौडामा प्रयोग भइरहेको बा ४ च १५०३ नं. को गाडी समेत फिर्ता ल्याउने प्रक्रिया मन्त्रालयले अघि बढाउन लागेको छ ।

खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भइरहेको भन्ने विषयप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको जनाउनु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू