अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

गीतकार अच्युत  सिग्देलको नयाँ आधुनिक गीती एल्वम आवृत्ति सार्वजनिक

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ९:२९ मा प्रकाशित

न्यु योर्क निवासी नवोदित गीतकार अच्युत  सिग्देलको नयाँ आधुनिक गीति एल्वम आवृत्ति युटुब मार्फत  सार्वजनिक भएको छ । स्तरीय शब्द रचना र फरक प्रस्तुति लिएर आएको गीति एल्वम् आवृत्तिमा आघुनिक, लोक, पार्टी डान्स, स्कुल नृत्य, रोमान्चक र वियोगान्त करिब दर्जन गीत समाविष्ट छन् ।

गीत सुन्दा विल्कुलै नयॉ पन लाग्दैन । यूटुवका माघ्यमबाट विश्वका जुनसुकै कुनाबाट सुन्न र हेर्ने सकिन्छ । यो आवृत्ति एल्वममा मुख्य सङ्गीत नारायण सुवेदीको रहेको छ। दुई वटा गीत हरि लम्सालले सङ्गीत भरेका छन् । शिव परियार, मेलिना राई, सुरज कुमार थापा, जुनु रिजाल, हरि लम्साल र नारायण सुवेदीको स्वर रहेको आवृत्ति एलबमले नेपाली गीत सङ्गीतका क्षेत्रमा फरक स्वाद र आफ्नो सशक्त छाप छोड्ने अपेक्षा गर्न सकिन्छ । 

 

प्रतिक्रिया