अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३
| Colorodo: 12:18
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्व निर्धारित सचिवालय बैठक स्थगित भएको छ । आज दिउसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा वस्ने भनिएको बैठक सुरु हुने भनिएको केही समय पहिले स्थगित गरिएको हो ।
सोमबार सम्पन्न सचिवालय बैठकपछि अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकीकरण प्रकृयाबारे छुट्टै छलफल गर्ने र त्यही रणनीति अनुरूप सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने नेकपाको तयारी थियो । तर अध्यक्षद्वय बीच छलफल हुन नसकेपछि आजको सचिवालय बैठक नै स्थगीत गरिएको हो ।
सचिवालयका सदस्यहरुको कार्यव्ययस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो । आजको बैठकमा सरकारका कार्यहरुको समीक्षा र पार्टीका बाँकी एकिकरणका मुद्दाबारे छलफल हुने बताइएको थियो ।अर्को बैठक भोलि (विहीबार) ११ बजे बस्ने तय भएको छ ।