अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

साफ यु–१५ फुटबलको तयारी पूरा, नेपालको पहिलो भिडन्त माल्दिभ्ससँग

बिआरटीनेपाल २०७५ कार्तिक ६ गते ९:४७ मा प्रकाशित

बिहीबारदेखि काठमाडौंमा हुने १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको तयारी पूरा भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको छ । यही कात्तिक १७ गतेसम्म हुने साफ च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, भुटान र माल्दिभ्सले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको लागि भारतबाहेक सबै टिम नेपाल आइसकेका छन् । भारतीय टिम बुधबार नेपाल आउने एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा बंगलादेश र माल्दिभ्स रहेका छन् । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । नेपालले पहिलो खेलमा बिहीबार दिउँसो साढे ३ बजे माल्दिभ्ससँग खेल्नेछ ।

प्रतिक्रिया