अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

इन्डोनेसियामा पहिरोमा परी कम्तीमा २१ जनाको मृत्यु, १० जना वेपत्ता

बिआरटीनेपाल २०७५ असोज २७ गते ९:४० मा प्रकाशित

इन्डोनेसियाको सुमात्रा द्वीपमा भीषण वर्षापछि गएको पहिरोमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ । पहिरोमा परी १० जना हराईरहेका छन् । मृत्यु हुनेहरुमा ११ जना बालबालिका समेत रहेको अधिकारीहरुले जनाएका छन् । उत्तरी मुरारा सालादीस्थित एउटा खोलामा बढेको पानी नजिकैको स्कुलसम्म आइपुग्दा पर्खाल भत्किएर उनीहरुको मृत्यु भएको वताईएको छ ।

वाढी र पहिरोका कारण उत्तर र पश्चिम सुमात्राका ५०० भन्दा बढी घरमा क्षति पुगेको छ । सडकहरु बिग्रिएकाले प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको बताइएको छ । प्रभावित क्षेत्रमा दुईहप्ते आपत्कालीन उद्धार अवधिको घोषणा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू