अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 03:44

क्यासिनो महाजोंगलाई सर्वोत्कृष्ट पुरस्कार

बिआरटीनेपाल २०७५ असोज २६ गते ७:०२ मा प्रकाशित

काठमाडौँ । काठमाडौँको सोल्टी होटेलको परिसरमा रहेको क्यासिनो महजोंगले सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री के जे अल्फोन्स र संसदीय कार्य व्यवस्था मन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै भारतको नयाँदिल्लीमा भएको विशेष समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्ष पति तथा कम्पनीका महाम्रवन्धक अमूल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

पर्यटन तथा आतिथ्य उद्योग सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेन्ट्री प्रस्तुत गरेको थियो ।

२०६९ पुस १२ गते ऋबकष्लय ःबजवयलन सोल्टी होटेलको परिसरमा सञ्चालनमा आएको हो । क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड रुपैयाँ चुक्ता शेयर पुँजी भएको माजोङ इन्टरटेनमेण्ट प्रा.लि.आफैले क्यासिनो सञ्चालन इजाजत प्राप्त गरी २०७१ माघ २१ बाट सोल्टी होटेलको परिसरमा क्यासिनो सञ्चालन गर्दै आइरहेको छ ।

यो क्यासिनोले स्थापनाकाल देखि नै हालसम्म बुझाउनु पर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको छ । कुनै पनि राजश्व रकम बुझाउन बाँकी नभएको दाबी व्यवस्थापनले जनाएको छ । हालसम्म कम्पनीले २८ करोड भन्दा बढी राजश्व दाखिला गरिसकेको छ ।

यस क्यासिनोमा करार र दैनिक ज्यालादारीसमेत गरी हाल ६०० जना भन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष रोजगारी र हजारौँ व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशतभन्दा बढी छ भने पर्यटकको बसाई लम्व्याउनसमेत यसले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडीहरू हवाई मार्गबाट आउने हुँदा क्यासिनो योगदान होटेल व्यवसायतर्फ मात्र नभई वायुसेवा व्यवसायतर्फ पनि उत्तिकै रहेको छ । गत आथिएक वर्ष करिब एक लाख खेलाडीहरूले यस क्यासिनोमा खेलेको व्यवस्थापनले बताएको छ । आधुनिक सामग्रीहरूको सुविधा प्रदान गरी आधुनिक तवरबाट रिक्रिएसन सेन्टर सञ्चालन गरी विदेशी मुद्रासमेत आर्जन गरी राष्ट्र निर्माणमा टेवा पु¥याउनु यसको व्यवस्थापनले लक्ष्य रहेको बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू