अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२
| Colorodo: 11:47
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सरकारविरुद्ध काठमाडौंमा मार्चपास गरेको छ । नेपालको नक्सामा कालापानी हटाइएको, जनताको ढाड सेक्ने गरी कर वृद्धि गरिएको, बलात्कार, हत्या, कालाबजारी, बढ्दो महँगी नियन्त्रण गर्न नसकेको, गैरन्यायिक सडक विस्तार, राष्ट्रघाति नागरिकता विधेयक लगायतको विरोधमा ‘कालो मार्च पास’ गरिएको क्रान्तिकारी माओवादीले जनाएको छ ।
मार्चपासको नेतृत्व पार्टीको बैधानिक मोर्चा जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले गर्नुभएको थियो । स्थानिय रत्नपार्क शान्तिबाटिकादेखि भृकुटीमण्डप सम्म मार्चपास गरिएको थियो ।