अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

हैटीमा भुकम्प, कम्तीमा १० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असोज २१ गते ९:४९ मा प्रकाशित

हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार भूकम्पबाट थुपै घर, चर्च र एउटा अस्पतालमा समेत क्षति पुगेको र हजारौं मानिस घाइते भएको बताइएको छ ।
स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार पोर्ट–डि–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटरको गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको जनाईएको छ । भूकम्पको धक्का राजधानी पोर्ट–ओ–प्रिन्स तथा छिमेकी राष्ट्र डोमिनिकन रिपब्लिकसम्म अनुभव गरिएको थियो ।

हैटीमा यसअघि सन् २०१० मा गएको ७ रेक्टर स्केलको बिनासकारी भूकम्पमा परी करिब तीन लाख मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू