अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

साफ यु–१८ महिला फुटबलः टाईव्रेकरमा भारतलाई हराउँदै नेपाल फाइनलमा

बिआरटीनेपाल २०७५ असोज १९ गते ९:४६ मा प्रकाशित

नेपाल भुटानको थिम्पुमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ सम्पन्न सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतमाथि ‘टाइब्रकेर’मा ३–१ को जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो । टाइब्रेकरमा नेपालका लागि गोलरक्षक अन्जना रानामगर, रेखा पौडेल र मनीषा राउतले गोल गरेका थिए ।

यसअघि, निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएको थियो । नेपालले खेलको १५औं मिनेटमै गोल गर्दै प्रारम्भिक अग्रता लिएको थियो । रेखा पौडेलको पासलाई रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन् । मध्यान्तरसम्म नेपालले अग्रता लिएकामा ६२ औं मिनेटमा भारतकी टुडु जबामानीले जवाफी गोल फर्काउन सफल भईन् ।

नेपाल समूह ‘बी’को उपविजेताकारुपमा सेमिफाइनल पुगेको थियो भने भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’को विजेता बनेको थियो । समूह चरणमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गर्दा बंगलादेशसँग भने २–१ ले पराजित भएको थियो । नेपालले अब उपाधिका लागि बंगलादेश र आयोजक राष्ट्र भुटानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू