अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

पोखराको पालिखेचोकका सबै घर भत्काईयो, ४० वर्ष देखिको अभ्यासले पायो मूर्तरुप

बिआरटीनेपाल २०७५ असोज १९ गते ९:४२ मा प्रकाशित

विगत लामो समयको प्रयासपछि पोखराको पालिखेचोकलाई फराकिलो वनाउने अभियानले मूर्तरुप पाएको छ । ४० बर्ष अघि तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको पालिखे चोकलाई फराकीलो बनाउने महत्वकांक्षी योजना अहिले यथार्थता परिणत भएको हो । स्थानीय वासिन्दासंगको निरन्तरको छलफल र सहमति पछि साँघुरो पालिखेचोकका घरधनीहरु घर भत्काउन राजी भएका हुन् ।

उनीहरुलाई मुआब्जा दिएर महानगरले पालिखेचोकलाई फराकिलो वनाएको हो । दुई महिना अघिदेखि सुरु गरिएको घरहरु भत्काउने अभियान शुक्रबार टुंगिएको छ । यसअघि, स्थानिय वसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको घर साउन दोस्रो साता भत्काइएको थियो । प्रदीप पालिखे, किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठको नाममा रहेको घरहरु पनि विभिन्न चरणमा भत्काईएको छ ।

स्थानीय र महानगरको प्रमुख सहयोगमा अभियान सफल भएको मापदण्ड समितिका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिनुभएको छ । अव केही दिनमै भत्काईएको ठाउँमा पीच गरेर सड्क डिभाईडर राखिने वताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू