अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

आदि शंकराचार्यद्वारा चन्द्रागिरि केबुलकारको भ्रमण

बिआरटीनेपाल २०७५ असोज १५ गते १२:१६ मा प्रकाशित

चन्द्रागिरि, आदि शंकराचार्यले काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबुलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक सेयर सदस्य मीन बहादुर गुरुङले आदि शंकराचार्यलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।

चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै आदि शंकराचार्यले श्री महादेव भालेश्वरको निवास स्थल चन्द्रागिरि पर्वत अत्यन्तै रमणीय र पवित्र रहेको कुरा उल्लेख गर्नुभएको छ । नयाँ योजनाका साथ निर्माण भएको श्री भालेश्वर महादेवको मन्दिर लगायत चन्द्रागिरि परिसरको उपर्युक्त हेरचाह देखेर आफू प्रशत्र भएको उल्लेख गर्दै परियोजना सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू