अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४९ | Colorodo: 11:04

२०२० को भ्रमण वर्ष सफल बनाउन परराष्ट्र मन्त्री ज्ञवालीले आह्वान

बिआरटीनेपाल २०७५ असोज ८ गते २२:३४ मा प्रकाशित

न्यु योर्क, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई आह्वान गरेका छन् । 

अमेरिकी संस्था सुखी न्यु योर्क र नेपाल अमेरिकी फाउन्डेसन साथै न्युयोर्कस्थित महवाणिज्यदूतावासले न्युयोर्कमा आयोजना गरेको नेपालको झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भ्रमण वर्ष सफल बनाउन सबै जना एकजुट हुन आवश्यक रहेको औँल्याएका हुन् । 

“प्रवासमा रहेका नेपालीहरूको यसमा महत्त्वपूर्ण भूमिका हुन्छ,” मन्त्री ज्ञवालीले भने । तंपाईहरुले जति प्रचार गर्नुहन्छ, त्यति नै सबैमा यसबारे जानकारी पुग्छ । सरकारले दुई वर्षभित्र २० लाख पर्यटक ल्याउन ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरेको जानकारी गराउँदै यो सबैको पहलमा मात्र सम्भव हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिने सिलसिलामा मन्त्री ज्ञवाली अहिले न्युयोर्कमा छन् । 

प्रतिक्रिया