अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४७ | Colorodo: 14:02

अमेरिकाले व्यापारिक बदमासी गरेको चीनको ठहर

बिआरटीनेपाल २०७५ असोज ८ गते ९:२६ मा प्रकाशित

अमेरिकाले व्यापारिक बदमासी गरेको चीनले ठहर गरेको छ । चीनबाट आयात हुने वस्तुमा २०० अर्ब अमेरिकी डलर बराबरको करवृद्धि सोमबारदेखि कार्यान्वयनमा आएसँगै चीनले यस्तो आरोप लगाएको हो । अमेरिकी कदमको बदलामा चीनले पनि ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा कर बढाउने घोषणा गरिसकेको छ । वित्तीय इतिहासमा अमेरिकाले सबैभन्दा ठूलो व्यापारिक युद्ध सुरु गरेको चीनको आरोप छ । चीनले अमेरिकासँगको थप व्यापारिक वार्तासमेत रद्ध गरिसकेको छ ।

चीनले निर्यात गर्ने ६ हजार वस्तुमा नयाँ अतिरिक्त कर लागू हुनेछ । यस्ता वस्तुमा हातेब्याग, चामल, टेक्सटायल, स्मार्ट घडीलगायतका छन् । नयाँ कर १० देखि २५ प्रतिशतसम्म बढाइएको छ । ट्रम्प प्रशासनले यसअघि नै चीनबाट अमेरिका आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरका सामानमा २५ प्रतिशत कर बढाएको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा करवृद्धि गरेको थियो ।

अमेरिकाले चीनबाट वार्षिक करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्ने गर्छ । शक्तिशाली राष्ट्रहरुबीचको पछिल्लो कदमले व्यापारिक युद्ध थप तीव्र बनेको विष्लेषकहरुले वताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू