अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

बर्दिया राष्ट्रिय निकुन्जमा बाघको संख्या ८७ पुग्यो

बिआरटीनेपाल २०७५ असोज ७ गते ९:४५ मा प्रकाशित

बर्दिया राष्ट्रिय निकुन्जमा गत वर्ष पुस १ देखि फागुन मशान्तसम्म भएको बाघको गणनाको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ । देशभरका राष्ट्रिय निकुन्ज र आरक्षमा गरिएको गणनाको प्रतिवेदन अन्तर्राष्ट्रिय बाघ दिवसका दिन एकैपटक सार्वजनिक हुने भनिएपनि प्राविधिक कारण देखाउँदै सार्वजनिक गरिएको थिएन ।

पछिल्लो गणनामा बर्दियामा बाघको संख्या बढेर ८७ पुगेको निकुन्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक कुमार भण्डारीले जानकारी दिनुभयो । चार वर्ष अघि भएको गणनामा बर्दियामा ५० वटा रहेकोमा ३७ वटा बाघ बढेका छन् । वयस्क बाघको मात्रै गणना भएकोले डमरुको संख्या यकिन भएको छैन । निकुन्जको कर्णाली तटिय क्षेत्र र बबई उपत्याकामा सबैभन्दा बढी बाघ रहेको गणनाको क्रममा फेला परेको थियो ।

उचित आहारा, सुरक्षा र प्राकृतिक वासस्थानका लागि उत्तम मानिएको बर्दिया राष्ट्रिय निकुन्जमा पछिल्लोपटक बाघको संख्या बढ्दै गएको निकुन्ज निमित्त संरक्षण अधिकृत भण्डारीले वताउनुभयो । बाघको गणना र यसका प्रजातिको वैज्ञानिक अनुगमन क्यामेरा जडान गरी सुरु गरिएको थियो । सन् २०१३ मा भएको गणनामा बर्दिया निकुन्जमा ५० बाघ फेला परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू