अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२७ | Colorodo: 10:42

सांसद आचार्यको संविधान दिवसको उपलक्षमा शुभकामना सन्देश

बिआरटीनेपाल २०७५ असोज २ गते २१:१० मा प्रकाशित

नेपालको इतिहासमा अत्यन्त महत्त्वपूर्ण दिनका रूपमा रहेको (असोज ३) अर्थात् संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदिबहीनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकाङ्क्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको छ । संविधान निर्माणका लागि आन्दोलनमा ज्यान गुमाउनुभएका शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक नमन गर्दछु । संविधान निर्माणसँगै अब मुलुकलाई आर्थिक संवृद्धितर्फ लैजानका लागि राजनीतिक दलबिच सामूहिक प्रयासको खाँचो रहेको छ । संविधानले दिएका अधिकारलाई ग्रहण गरी संविधान दिवस मनाउन हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मोहन आचार्य
सांसद, नेपाली काँग्रेस
रसुवा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू