अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

एनआरएनए नाइजेरियाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ असोज १ गते ८:०३ मा प्रकाशित

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली सङ्घ, नाइजेरियाद्वारा हिजो सेप्टेम्बर १६ तारिखमा नाइजेरियाको लेगोसमा रोटरी क्लब लेगोस र महाराष्ट्र मण्डल नाइजेरियासङ्गको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा अध्यक्ष जनक विष्ट, उपाध्यक्ष वीरेन्द्र गुप्ता, महासचिव रोशन थापा, कोषाध्यक्ष रोहित भाङ्गर, सचिव अभिषेक सिंह, प्रकाश अर्याल, आसमा खड्का, भरत रिजाल, सुकमल सरकार, चन्द्र घिमिरे, शङ्कर बर्मा, सागर सिंह, सन्दीप रावत, भीम थापा लगायत ८३ जनाले रक्तदान गर्नु भएको थियो ।

नाइजेरियामा सङ्घले आयोजना गरेको यो प्रथम रक्दान कार्यक्रम हो । यस अघि मलाबी, युगान्डा लगायत अन्य अफ्रिकी मुलुकमा रक्तदान कार्यक्रम आयोजना गरी सकेको जानकारी सङ्घका अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाले जानकारी गराउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू