अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

शर्मा परिवारका पाँच जना नै एक मृगौलामा निर्भर

उत्तम पौडेल, पोखरा २०७५ भदौ २२ गते २२:१५ मा प्रकाशित

पर्वत जिल्ला फले वास नगरपालिका १० का शर्मा परिवारका एकै घरमा ५ जनालाई मृगौलाको रोग लागेको छ । उनीहरू उपचार गराउन नसकेर थलिएर बसेका छन् ।

परिवारका ५ सदस्य मध्य ५ जनालाई मृगौलाको रोग लागेपछि अहिले उपचार गर्न नसक्ने अवस्थामा आफूहरू रहेको त्रिलोचन शर्मा बताउँछन् । माइली छोरी श्यामला शर्मालाई १७ वर्ष अगाडि मृगौलाको रोग देखिएको हो । उनलाई त्रिलोचनले मिर्गौला दिएका हुन । श्यामला लाई मृगौलाको रोग देखिएको ५ वर्षमा उनको दाजु प्रकाश शर्मालाई पनि मृगौलाको रोग नै देखिएको तिलोचनले बताए । मिर्गौला रोग देखिएको लगभग २० दिनमा प्रकाशका मृत्यु नै भयो ।

त्यसको ५ वर्षपछि तिलोचनको कान्छो छोरा दिपम शर्मालाई मृगौलाको रोग देखियो । तिलोचनको ठुली छोरी दीपकलाई मिर्गौला दिइन । दीपक अहिले उपचारको क्रममा छन् । त्रिलोचनको श्रीमती प्रेम कला शर्मालाई पनि केही वर्ष अगाडि देखि मृगौलाको रोगले छोएको छ र पोखरा स्वाथ्स्य विज्ञान प्रतिष्ठानमा हप्तामा डाइलोसिस गरिहेकी छन् ।

त्रिलोचन भन्छन् अहिले हाम्रो परिवारको आम्दानी केही छैन । छोराले डिभिजन सडक कार्यालय पोखरामा खाएको करारको जागिर पनि गत साउन बाट छुट्यो । अहिले कान्छी छोरीले कोकाकोला कम्पनीमा काम गरेर केही रकम आम्दानी भएको छ ।

तर उनको परिवारले अहिले महिनाको लगभग ४० हजार रुपैयाँको औषधी मात्र प्रयोग गर्न पर्छ भने बिहान बेलुकाको खाना र पोखराको ठाउँमा कोठा भाडा समेत तिर्ने पैसा छैन । पर्वतमा भएको सम्पत्ति सबै छोराछोरीको उपचारको लागि सकिएको तिलोचनले बताए ।

छोरा छोरीको जागिर भएको बेला सम्म आस थियो अब जागिर सँगै आस मर्दे गएको छ । उनले बेला बेलामा विभिन्न सरकारी निकायमा धाएर छोरा र छोरीलाई करारमा जागिर खुवाएका थिए । तिलोचनको परिवारलाई सरकारले दिएको सहयोग भनेको जागिर पनि अहिले खोसिएको छ ।

अव उपचार गर्नको लागि पैसा पनि छैन । कोही सहयोग दाँतले हाम्रो परिवारलाई नै बचाउन आग्रह गरेको छु । उनलाई सहयोग गर्ने चाहनेले नेपाल एसबिआइ बैकको दीपक शर्माको १८९१५२४१४०८२३१ पैसा राखिदिन अनुरोध गरेका छन् ।

तिलोचनको छोरा दीपकले पैसा सहयोग गर्ने भन्दा आफूहरूलाई रोजगार दिलाइन अनुरोध गरेका छन् । पैसाले दिएको समयमा मात्र हुने भन्दै उनले जागिरबाट लामो समय सम्म आन्दानी हुने भन्दै जागिरको माग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू