अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

सरोज अधिकारीको मन छुने गीत ‘भोलि’ बजारमा

बिआरटीनेपाल २०७५ साउन २९ गते २२:३९ मा प्रकाशित

गायक सरोज अधिकारीले ‘भोलि’ नामको गीत बजारमा ल्याएका छन् । लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक अधिकारीको ‘भोलि’ नामको मन छुने गीत बजारमा ल्याएका हुन् । 

२०६६ सालमा प्रभाव नामको एलबम लिएर आएका गायक सरोज अधिकारीको त्यो समयमा ‘आज धेरै’ भन्ने बोलको गीत सञ्चारमाध्यमहरूमा निकै चर्चामा थियो । केही समय अघि उनले ‘भावना’ नामको एलबम पनि बजारमा ल्याएका थिए । आफ्नै शब्द सङ्गीत र स्वरमा सरोजले ‘भोलि’ बजारमा ल्याएका हुन् । गीतको भिडियोमा केकी अधिकारी, निराजन प्रधान र ज्योति काफ्ले लगायतले अभिनय गरेका छन् । अमेरिकामा रेकर्ड भएको गीतको भिडियो काठमाण्डौमा तयार गरिएको हो । भिडियो बनाउन पुष्कर दाहालले भूमिका खेलेका हुन् । यस भिडियोका निर्देशक नितिन चन्द रहेका छन ।

सानो उमेर देखि गीत सङ्गीतमा रुचि राख्ने सरोज परिवारको पनि साथ भएकोले साङ्गीतिक क्षेत्रमा प्रगति भएको बताउँछन् । ‘यो क्षेत्र सानै उमेर देखि रुचिको क्षेत्र हो,नेपाल देखि अमेरिका सम्म आएर पनि निरन्तरता दिँदै छु ।’ गायक अधिकारीले भने ‘नेपाली गीत सङ्गीतलाई जहाँ पुगे पनि माया गरिरहन्छु, श्रोता र दर्शकको माया पाउने आशा भएकाले गाउने पेसा छाड्दिन । अधिकारीसँग गीतका शब्द लेख्न,सङ्गीत भर्न र गाउन अब्बल क्षमता छ । 

 

 

प्रतिक्रिया