अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

न्यूह्यामसायरमा २०५औं भानु जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७५ असार ३२ गते १६:२९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायर च्याप्टरको आयोजनामा शनिवार भव्यताका साथ २०५औं भानु जयन्ती मनाइएको छ | न्यूह्यामसायरको हुक्सेट लाइब्रेरी, हुक्सेटमा आयोजित कार्यक्रम आदिकवि भानुभक्त आचार्यको तस्बिरमा पुष्प गुच्छा अर्पण गरी शुभारम्भ भएको थियो । 

शिक्षाविद्, साहित्य प्रेमी वयोवृद्ध लक्ष्मणप्रसाद उपाध्यायको प्रमुख आतित्थ्यतामा आयोजित उक्त कार्यक्रको विशेष अतिथि अनेसासका केन्द्रीय महासचिव गोवर्धन पूजा रहनु भएको थियो।

त्यसै गरी एनआरएन आइसीसी अनररी सदस्य शिवकुमार राई र पूर्वच्याप्टर अध्यक्ष अग्निप्रसाद पराजुलीको पनि आतिथ्य रहेको थियो।

कार्यक्रम कवयित्री दीपा राई पुन , ईश्वरी भट्ट, सुशील नेपाल, पेमा छेवाड॰ शेर्पा, अनु शाह, गोवर्धन पूजा, हरिमाया अधिकारीलगायतले आआफ्नो रचना वाचन गर्नुभएको थियो भने सुनिता गुरूड॰ले सङ्गीत र गायन प्रस्तुत गर्नु भएको थियो। त्यसै गरी च्याप्टर पूर्व अध्यक्ष अग्नि पराजुलीले हार्मोनियम बजाएर रोचकता थप्नुभएको थियो। 

कार्यक्रममा पत्रकार राजेश कोइरालाले नेपाली भाषा संरक्षण र यसको महत्त्व बारे प्रकाश पर्नु भएको थियो भने प्रमुख अतिथि लक्ष्मणप्रसाद उपाध्यायले आदिकवि भानुभक्तआचार्यकोबारेमा चर्चा गर्नु भएको थियो।

कार्यक्रमका विशेष अतिथि अनेसास महासचिव गोवर्धन पूजाले संस्थालाई अनवरत सेवा र सहयोग गरेकोमा शिवकुमार राई, डा. रुद्र अर्याल , शारदा मायाभट्टलगायतलाई सम्मानस्वरूप कदरपत्र प्रदान गर्दै नेपाली भाषा , साहित्य एवं नेपाली भाषाका एकिकरणकर्ता भानुभक्त आचार्यलाई हामीले विदेशमा रहेर पनि दिन दिनै संझिएको र सधैँ संझने कुरा बताउनु भयो |

संस्थाको उपाध्यक्ष हरिमाया अधिकारीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा गैर आवासीय नेपाली सङ्घका च्याप्टर अध्यक्ष डम्बर कडरिया, नेपालीसमाज न्यूह्यामसायरका अध्यक्ष सोम गुरूड॰, किरॉत राई न्यूइग्ल्यान्डका अध्यक्ष मुक्तिनारायण राई , तमु समाजका अध्यक्ष शंभुकुमार गुरूड॰, जनजाति महासङ्घको अध्यक्ष सुन्दरी गुरूड॰, समाजसेवी लोक लामा गोले, गायिका पविता परियार, फोटो ग्राफर विमल नेपाल र वेकी फिल्ड लगायत सामाजिक व्यक्तित्वहरूकोउपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन गर्दै प्रधान सम्पादक ईश्वरी भट्टले उपस्थित पाहुना र हुक्सेट लाइब्रेरी हुक्सेटलाई धन्यवाद व्यक्त गर्नु भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू