अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

बलिउड मोडल पुनम पाण्डे विश्वकपको फाइनल नेपाली फ्यानसंग दरबारमार्गको डेजाभु क्लबमा बसेर हेर्दै (भिडियो)

बिआरटीनेपाल २०७५ असार ३० गते ६:५८ मा प्रकाशित

भक्तपुर, भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डे यति खेर काठमाडौँमा छिन्। आफ्ना कामुक तस्बिरका कारण विवादित बनिरहेकी भारतीय मोडल पुनम पाण्डे विश्वकप फाइनलका दिन काठमाडौँको दरबारमार्गमा रहेको डेजाभु क्लबमा आफ्नो प्रस्तुति दिने भएकी छिन्।

शनिवार बिहान रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम पाण्डे फ्यानहरुकाबीचमा रहेर रसियामा जारी विश्वकप फुटबलको फाइनल खेल हेर्ने चाहना राखेकोले उनलाई काठमाडौँमा ल्याइएको जनाए ।

केपी गैरेले भने, ‘हाम्रो व्यक्तिगत सम्बन्धका आधारमा उहाँलाई काठमाडौँ ल्याइएको हो, बाहिर हल्ला फिजाईए अनुसार क्लबले मोटो रकम तिरेर पुनमलाई ल्याइएको होइन, नेपालमा रहेका नेपाली फ्यानहरुको मनोभावना पूरा गर्नको लागि उहाँ नेपाल आउनु भएको हो, फ्यानहरुसँगै रहेर विश्वकप फुटबल हेर्नु हुनेछ ।’ उनले थपे, ‘हामीले प्राय यस्ता खालमा अवसरमा स्वदेशी तथा विदेशी कलाकाहरुलाई ल्याएका हुन्छौँ, पुनमको चर्चा विश्वमा हुन्छ, नेपालमा आउँदा हामी सबैको लागि राम्रो कुरा हो, त्यसैमाथि विश्वकप फुटबलको अवसरमा पुनम नेपाल आउनाले पर्यटन तथा आर्थिक क्षेत्रमा केही राहत मिल्छ भनेर नै हामीले उहाँलाई नेपालमा आउन आग्रह गरेका हौँ ।’

रसियामा जारी विश्व कपका सबै खेल मध्य फ्रान्स र बेल्जियमको खेल उत्कृष्ट लागेको उनले बताई न । सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्नु भएको थियो ? यसपालिको विश्वकप फुटबलमा क्रोएशियाले जितेको खण्डमा के तपाईँ ‘टपलेस’ हुने हो ? सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘त्यो पुरानो कुरा हो, मेरो मनसाय यस पटकको विश्वकप क्रोएशियाले जितोस् भन्ने छ, क्रोएशियाले जित्यो भने म के गर्नेछु त्यसको बारेमा थाहा पाउन डेजाभुमा आउनु होला, थाह पाउनु हुनेछ।’

पहिलो पटक नेपाल भ्रमण गरेकी मोडल पाण्डेले नेपाल निकै सुन्दर देशको रूपमा पाएको बताई न। उनले भनिन्, ‘नेपाल सुन्दर देश हो। बौद्ध, स्वयम्भू, पशुपतिमा घुम्ने मेरो योजना रहेको छ ।’ उनले थपिन,‘कुनै समयमा एउटा झोला भिरेर नेपालमा उकाली ओरालीहरूमा घुम्ने चाहना छ, त्यो पनि पूरा हुनेछ, यति धेरै सुन्दर देशमा घुम्न पाउनु एकदम खुसीको कुरा हो । मेरो आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी थिए, बुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्नु भएको थियो, नेपालका बारेमा आमाले धेरै कुराहरू गर्नुहुन्थ्यो, म पनि यहाँ आउनको लागि आतुर थिए, सौभाग्यवस विश्वकप फुटबलको अवसरमा आउन पाइयो म निकै खुसी छु ।’ 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू