अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

दबङ टुर आयोजना गरी सलमानलाई नेपाल ल्याउने भनी ठगी गर्ने रविन केसीलाई पक्राउ

बिआरटीनेपाल २०७५ असार २९ गते ९:०६ मा प्रकाशित

काठमाडौँ । ओडिसी इन्टरटेनमेन्टका म्यानेजर रविन केसीलाई अभिनेता सलमान खानसहित अन्य भारतीय कलाकारहरूलाई काठमाडौँ ल्याउने भन्दै ‘दबङ टुर’ आयोजना गर्ने भनेर टिकट विक्री गरी ठगीको आरोपमा नेपाल प्रहरी महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीलेले पक्राउ गरेको छ ।

उक्त कम्पनीका प्रमुख सीमान्त गुरुङ पनि पक्राउ परिसकेका छन् । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनीहरूमाथि ठगी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । यसअघि ‘दबङ टुर’ कार्यक्रम आयोजना हुने भन्दै करिब ५ हजार टिकट विक्री गरिएको थियो ।जसमा नायिका सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकारहरू पनि सलमान खानसँगै सहभागी हुने बताइएको थियो ।

उक्त कार्यक्रम गत वर्ष फागुन २६ गतेका लागि तय गरिएको थियो । तर, विप्लव माओवादीको धम्कीका कारण स्थगित भयो । त्यसपछि आयोजक ओडीसी इन्टरनेसनले गुपचुपरुपमा कार्यक्रमको नयाँ मिति २ जेठका लागि तोकेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू