अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४८ | Colorodo: 02:03

रामकुमार पाडे र प्रकाश माइलाको ‘हजार हाइकु’ बिमोचित

बिआरटीनेपाल २०७५ असार २२ गते ९:५३ मा प्रकाशित

काठमाडौँ । हाइकुकार द्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ बिमोचित भएको छ । हालै काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशमशेर थापाले कृतिको बिमोचन गरे । दर्जनौँ हाइजिनहरुको उपस्थिति को भव्य समारोह को बिच कार्यक्रम सम्पन्न भएको थियो । 

बिमोचित पुस्तक माथि समीक्षा गर्दै समालोचक महेश पौडेलले ‘हजार हाइकु’ हाइकु मात्र नभई हाइकुको इतिहास र संरचनाको जानकारी समेत भएको बताए । यस्तै अर्का समालोचक दामोदर पुडासैनीले यो हाइकु सङ्ग्रह हाइकुप्रेमी तथा लेख्न र सिक्न चाहनेहरुको लागि पढ्नै पर्ने पुस्तक साबित भएको बताए । वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले दुई लेखकहरू हाइकुको राम्रो संरचना र गहिराइ बुझेका लेखक भएको र यो कृति आफैमा उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नसमशेर थापाले यो कृति नेपाली साहित्यको बजारमा हाइकु विधामा एक सशक्त र बलियो पुस्तकको रूपमा आएको बताए ।

स्रष्टाहरू प्रकाश पौडेल ‘माइला’ र रामकुमार पाडे ले मन्तव्य राख्दै यो कृति जन्मनुको सन्दर्भ बारे बोल्दै कृति भित्रबाट केही हाइकु वाचन गरेका थिए । माइला विगत १३ वर्ष देखी हाइकुको उदगम थलो जापान मै बसेर हाइकु बारे खोज र अनुसन्धानमा व्यस्त छन् भने पाडेले नेपालमा बसेर नेपाली हाइकुलाई नेतृत्व प्रदान गर्दै आएका छन् ।

कार्यक्रम कृति प्रकाशक एवम् शिखा बक्सका पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । २६२ पृठ भएको उक्त पुस्तकको मूल्य रु ३२५ रहेको छ भने पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू