अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

अमेरिकाको वासिङ्टन डिसीमा विश्व काव्य यात्रा

बिआरटीनेपाल २०७५ असार २ गते १०:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा आगामी अगस्त ५ तारिख अमेरिकाको वासिङ्टन डिसीमा “विश्व काव्य यात्रा, भर्जिनिया श्रृंखला आयोजना गरिदैछ । जसमा नेपालका व्यवसायी तथा साहित्यकार वसन्त चौधरीको विभिन्न नौँ भाषामा प्रकाशित कृति “वसन्त” को लोकार्पण गरिने भएको छ ।

कार्यक्रममा चौधरी स्वयम् पनि सहभागी हुनुहुने छ र वहाँले आफ्ना कविता वाचन पनि गर्नुहुने छ । वहाँलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीका तर्फबाट नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा वहाँले पुर्‍याउनु भएको विशेष योगदानको उच्च कदर गर्दै अभिनन्दन समेत गर्न लागिएको आयोजक दुवै संस्थाका अध्यक्ष रामप्रसाद खनालले बिआरटी नेपाललाई बताए ।
स्मरण रहोस् अमेरिकामा आउने नेपालका कवि, कलाकार, साहित्यकार, लेखक, समाजसेवीहरूलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीले सधैँ यसरीनै सम्झिँदै आइरहेका छन् ।

अनेसास डिसी महासचिव भूप नारायण घर्तिमगरका अनुसार कार्यक्रम मनासस सहरको बेस्ट वेस्टर्न ब्यातल फिल्ड इन होटेलमा अगस्त ५ तारिख बेलुकी ५ बजे तय गरिएको छ । जसमा वाशिङ्तन डिसी वरपर रहेका नेपालीहरूको सहभागिता रहनेछ । वहाँका अनुसार कार्यक्रमको नाम “विश्व काव्य यात्रा, भर्जिनिया श्रृंखला” राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू