अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 14:32

सञ्चारकर्मी सूर्य चन्द सम्मानित

बिआरटीनेपाल २०७५ असार १ गते ११:१८ मा प्रकाशित

काठमाडौँ : सञ्चारकर्मी तथा समाजसेवी सूर्य चन्द सम्मानित भएका छन् l दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न भएको मिस ग्यालेक्सी नेपाल २०१८ को ग्राण्ड फिनालेमा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाको उपमेयर हरि प्रभा खड्गी श्रेष्ठको हात बाट “दक्ष इन्टरनेश्नल पत्रकारिता अवार्ड २०१८” बाट सञ्चारकर्मी सूर्य चन्दलाई सम्मानित गरिएको थियो l

लामो समय देखि निष्ठा र समर्पणभाबका साथ पत्रकारिता मार्फत सञ्चार क्षेत्रमा सधानारत रही सत्य तथ्य सुचनामुलक समाचारहरू प्रवाह गरी नेपाली नागरिक समाज तथा आमपाठक समक्ष समर्पित रहँदै आएको र समाजमा रहेका विकृति विसंगति विरुद्ध विभिन्न सञ्चार गृहमा आबद्ध भई पत्रकारिताको माध्यम बाट आम नेपाली पाठक माझ सचेतना फैलाउँदै सभ्य समाज निर्माणमा प्रसंसायोग्य कार्य गर्दै आएको योगदानको कदर स्वरूप तथा महत्त्वपूर्ण सेवा भाव लगन तथा कर्तब्यनिष्ठका साथ नेपाली सञ्चार क्षेत्रको संरक्षण, सम्बर्धन र विकासको निमित्त निरन्तर गरेको अतुलनिय योगदानको उच्च कदर गर्दै सञ्चारकर्मी सूर्य चन्दलाई सम्मान प्रदान गरिएको थियो l

बर्सेनि हुने यस कार्यक्रममा विभिन्न विधामा ख्याति कमाएका तथा आफ्नो कार्य बाट समाजमा महत्त्वपूर्ण योगदान दिन सफल व्यक्तित्वहरूलाई सम्मान गरिँदै आएको कुरा दक्ष इन्टरनेशनल प्रालिका अधक्ष्य टेकराज पाण्डेले बताएका छन् l

प्रतिक्रिया