अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

सर्वोच्चको आदेश विपरीत बीपी राजमार्गमा यातायात सञ्चालन

कान्तिपूर दैनिक २०७५ जेठ २३ गते १९:१४ मा प्रकाशित

सिन्धुली — सर्वोच्चको अन्तरिम आदेशलाई अवज्ञा गर्दै स्थानीय प्रशासनले निर्वाधरुपमा बढी भारवहन क्षमताका मालवाहक तथा यात्रुवाहक सवारी साधनलाई मिलेमतोमा सञ्चालन गर्न दिएको छ ।

बीपी राजमार्गमा बढी भरवहन भएका सवारी साधनलाई रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले जेठ २० गते अन्तरिम आदेश जारी गर्दै बढी भरवहन क्षमताका ठूला सवारीलाई रोक लगाएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत जेठ १३ मा बीपी राजमार्गमा ठूला सवारी साधन समेत चल्न पाउने निर्णय गरेका थिए । त्यसविरुद्ध अधिवक्ता कैलाश दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
यातायात व्यवस्था विभागले बीपी राजमार्गमा बढी भारवहन क्षमता भएका सवारी साधनलाई चल्न दिने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको आदेशअनुसार सूचना नै प्रकाशन गरेर मापदण्ड तोकी बढी भारवहन क्षमता भएका सवारी साधनलाई चल्न दिने यातायात व्यवस्था विभागले निर्णय गरेकामा कानुनविपरीत भएको भन्दै रिट परेको हो । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधन ह्लिवेस चार हजार दुइसय २५ एमएमको चालकसहित ३२ सिट भएको विहान ५ देखि बेलुका ८ बजेसम्म चल्न दिने नयाँ निर्णय गरेको थियो ।

सम्बन्धित सामग्रीहरू