अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

आइएमई–ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता तथा प्रदर्शनी–२०७५ को घोषणा

बिआरटीनेपाल २०७५ जेठ २३ गते ९:१५ मा प्रकाशित

फोटो पत्रकार क्लब (पिजे)को आयोजनामा हुने आइएमई–ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता तथा प्रदर्शनी–२०७५ को घोषणा भएको छ ।

पिजे क्लबद्वारा आज  आयोजित पत्रकार सम्मेलनमा नेपालको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्वन गर्ने उदेश्यले आयोजित उक्त प्रतियोगितामा विभिन्न सात विधाका फोटो समावेशका गरिने फोटो पत्रकार क्लब अध्यक्ष विकास कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा संस्कृति र पर्यटन, प्रकृति र वन्यनन्तु, दैनिक जीवन, समाचार, नेपाल स्माइल्स, खेलकूद र फोटो कथा समावेश गरिएको छ । त्यस्तै समाचार फोटो विधामा विसं २०७३ वैशाख १ देखि २०७४ चैत मसान्तसम्म खिचिएका तस्बिरले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् भने अन्य विधामा समयसीमा तोकिएको छैन ।

प्रतियोगितामा सबै विधाबाट उत्कृष्ट छनोट हुने १६० फोटोलाई आगामी साउन १५ देखि २१ गतेसम्म बबरमहलस्थित आर्ट काउन्सिलमा प्रर्दशनीमा राखिनेछ भने त्यसपछि नेपाल फोटो टुरअन्तर्गत नेपालका प्रमुख शहर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढीलगायतको स्थानमा पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगी फोटाबीच प्रतिष्पर्धाबाट एउटालाई उत्कृष्ट छनोट गरी ‘आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दि इयर’ घोषणा गरिनेछ । उक्त विधाका विजेताले रु एक लाख पुरस्कार पाउनेछन् । त्यस्तै अन्य विधामा प्रथम दोस्रो र तेस्रो हुनेले क्रमशः रु ३० हजार, २० हजार र १० अजार पुरस्कार प्राप्त गर्नेछन् । फोटो पठाउने अन्तिम मिति भने आगामी असार ६ गते राति १२ बजेसम्म रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू