अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

ए मेरो हजुर ३’मा अनमोल केसी र झरनाकी छोरी सुहानी

बिआरटीनेपाल २०७५ जेठ १२ गते १९:२९ मा प्रकाशित

काठमाडौँ । नेपालको युवा स्टार नायक अनमोल केसी ‘ए मेरो हजुर ३’ फिल्ममा खेल्ने भएको छ । झरना थापाको दोस्रो निर्देशनकमा बन्ने फिल्ममा अनमोलको अपोजिटमा झरनाकी छोरी सुहानी थापा रहनेछिन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन भने निर्देशन झरना थापाले नै गर्नेछिन् । अनमोल र सुहानीको जोडी जुरेको बताउँदै स्क्रिप्टको माग अनमोल र सुहानीको जोडी रहेको झरना थापाले बताइन ।

फिल्म ‘ए मेरो हजुर ३’ को छायाङ्कन भदौबाट सुरु हुनेछ । प्रदर्शन मिति आउँदो सालको नयाँ वर्षलाई लक्षित गर्दै चैत २९ गतेलाई तोकिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू