अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन

बिआरटीनेपाल २०७५ जेठ १२ गते ९:५३ मा प्रकाशित

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कलाकारहरुका अधिकारहरुलाई संस्थागत गर्नको लागि आवश्यक कानून निर्माण गर्ने आश्वासन दिएका छन् ।

राजधानीको भृकुटिमण्डपमा आयोजित राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन । समाज र संस्कृतिलाई जर्गेना गर्ने खालका गीत रचना गर्न र संगीत भर्न आग्रह गर्दै  मन्त्री तामाङले  आवश्यक कानून निर्माण गरेर रोयल्टीमा देखिएको समस्या समाधान  गरिने बताउनु भयो।

वरिष्ठ गायक कुमार बस्नेतले संघको महाधिवेशन सफलताको कामना गर्दै नेपाली गीत संगीतलाई मौलिकताको रुप बनाउँन आग्रह गरेका छन् ।

कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेत, भोला थापा, वरिष्ठ गायिका तारा थापा, कोमल वली, कृष्ण कँडेल लगायत कलाकारहरुलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू