अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

यो वर्षको युगकवि सिध्दिचरण पुरस्कार संस्कृतविद् एंब कवि प्राघ्यापक तुलसी दिवसलाई

बिआरटीनेपाल २०७५ जेठ ९ गते ७:०५ मा प्रकाशित

यो वर्षको युगकवि सिध्दिचरण पुरस्कार संस्कृतविद् एंब कवि प्राघ्यापक तुलसी दिवसलाई प्रदान गरियो। संस्कृतविद् एंब कवि प्राघ्यापक तुलसी दिवसलाई सो पुरस्कार उहाँको साहित्यिक योगदानका लागी प्रदान गरिएको हो।

एक लाख रुपैयाँ नगद  र ताम्रपत्र सहितको सो पुरस्कार उपराष्ट्रपति नन्द बहादुर पुनले  युगकवि सिध्दिचरण प्रतिष्ठानले आज आयोजना गरेको एक कार्यक्रममा संस्कृतविद् एंब कवि प्राघ्यापक तुलसी दिवसलाई प्रदान गर्नु भयो। 

यसै गरी यस वर्षको युगकवि सिध्दिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार गणेश राईलाई प्रदान गरियो। पत्रकारिताको माध्यमबाट योगदान गरेबापत उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो। २५ हजार रुपैयाँ नगद र ताम्रत्पत्र सहितको सो पुरस्कार उपराष्ट्रपति नन्द बहादुर पुनले पुरस्कार पत्रकार गणेश राईलाई प्रदान गर्नु भयो।

युगकवि सिध्दिचरण प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले युगकवि सिध्दिचरण श्रेष्ठको आत्मविलौना खण्डकाव्यको परिमार्जित कृतिको विमोचन समेत गर्नु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपाली साहित्य मार्फत नेपालको परिवर्तनकालागी युगकवि सिध्दिचरण श्रेष्ठले पुर्‍याउनु भएको योगदान अमूल्य रहेको बताउनु भयो।

साहित्यकारहरू बैरागी काईला, प्राध्यापक डा.अभि सुबेदी, पुरस्कृत व्यक्तित्व तुलसी दिवस र प्राध्यापक डा.मोहन लोहनीले युगकवि सिध्दिचरण श्रेष्ठले साहित्यमा स्वच्छन्द वादी क्रान्तिकारी धाराको विकास गर्नु भएको बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू