अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

नेपाली चलचित्र बागमती फुल भिडियो (शिव श्रेष्ठ र राजेश हमाल)

बिआरटीनेपाल २०७५ जेठ ४ गते ९:३० मा प्रकाशित

गत केही समय अघि प्रदर्शनमा आएको चलचित्र “बागमती” यु टुबमा आज देखी सार्वजनिक भएको छ । प्रदर्शनको क्रममा तीनवटा कारणले चर्चामा रहेको यो सिनेमा युटुबमा रिलिज भएपछि झन् चर्चा पाउने आशा गरिएको छ । यो सिनेमा प्रदर्शनको क्रममा चर्चामा रहनुको ३ कारण मध्य पहिलो, चलचित्र ‘बागमती’मा नेपाली चलचित्रका पुराना दुई नायक शिव श्रेष्ठ र राजेश हमालले धेरैपछि स्क्रिन सेयर गर्नाले भनिन्छ । दोस्रो, यो चलचित्रमा दक्षिण भारतीय प्राविधिकहरूलाई प्रयोग गरिएकोले र तेस्रो, ‘बागमती’ सर्वाधिक लगानी भएको नेपाली चलचित्रका रूपमा ठहरिएकोले ।

सिनेमा बागमती सिनेमाहलमा प्रदर्शन भएर बक्स अफिसमा सन्तोष जनक व्यापार गरेको सिनेमा हो । सिनेमामा राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, रविकर प्रसाद घिमिरे, मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला, कञ्चन ठकुरीको साथै शीतल के सिको पनि प्रमुख अभिनय रहेको छ ।
सन्नी केरलाको निर्देशनमा तयार भएको यो सिनेमा प्रस्तुतकर्ता विजय सत्याल तथा निर्माता दिनेश दर्शनधारी र यशोदा राई रहेका छन् ।
फिल्म हेर्न लिङ्कमा क्लिक गर्नुहोस्

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू