अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरूङ र बलिउड अभिनेत्री दीपिका पादुकोणदी वीच सेल्फी

बिआरटीनेपाल २०७५ जेठ १ गते १०:१५ मा प्रकाशित

न्यु योर्क– नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङले बलिउड अभिनेत्री दीपिका पादुकोणसँगको सेल्फी सेयरका गरेका छन् । अमेरिकाको न्युयोर्कमा भएको मेट गाला फेसन सोको क्रममा उनले दीपिकासँग सेल्फी सेयर गरेका हुन् । 

मेट गाला फेसन सप्ताहमा प्रबलको डिजाइनमा हलिउड र बलिउडका आठ जना अभिनेत्री, मोडलहरू रेड कार्पेटमा उत्रिएका थिए । प्रबलले प्रेरणादायी महिलाहरूसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताए ।

‘८ जना सशक्त र प्रेरणादायी महिलाहरूले मलाई निकै हौस्याए । मैले तयार पारेको पहिरनमा उहाँहरू सुन्दरताका साथ प्रस्तुत हुनुभयो । त्यसको लागि सबैप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भनेका छन् । प्रबल अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका फेसन डिजाइनर हुन् । 

प्रतिक्रिया