अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

गायिका प्राश्ना शाक्यको ‘हावा’ गीत सार्वजनिक

सुवास प्रधान, काठमाडौँ २०७५ वैशाख १३ गते १०:०१ मा प्रकाशित

आवाज देऊ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको ‘हावा’ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए हावा’ बोलको गीतमा हरि लम्सालको सङ्गीत र सरिता तुलाधरको शब्दरचना छ । गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ ।

सुमधुर गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ । युवराज बाइवाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । अनिल र श्वेताको अभिनय रहेको भिडियोमा दुई बिछोडिएका प्रेमी–प्रेमिकाको कथालाई देखाउन खोजिएको छ ।