अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

नेपालमै पहिलो पल्ट रगंमञ्चमा नेप–ग्याजम लाइभ स्टयाण्ड(अप कमेडी सो सिजन ३

सुवास प्रधान, काठमाडौँ २०७५ साउन २० गते २३:०० मा प्रकाशित

विगतका केही महिना देखि यूटयूबमा निकै नै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्टयाण्ड(अप कमेडी सो ले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा यही श्रावण १९ गते शनिवारको दिन लाइभ स्टयाण्ड–अप कमेडी सो सिजन ३ राजधानीको कालिका स्थान स्थित सर्वनाम थिएटरमा सम्पन्न गरेको थियो । रगंमञ्चमा नाटक मात्र होइन हास्य कार्यक्रम पनि सञ्चालन गरेर दर्शकलाई भरपुर मनोरञ्जन गर्न सकिन्छ भन्ने नेप(ग्याजम स्टयाण्ड(अप कमेडी सो ले प्रमाणित गरेको छ । 

सिजन १ र सिजन २ को अपार सफलता पछिको यो तेस्रो सिजनमा पाँच जना हास्य कलाकारहरू लेखमणि त्रिताल, डोरेश खतिवडा, रुजा ओझा, सरोज भण्डारी साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले आफ्ना दमादार प्रस्तुतिहरू दिएर उपस्थित करिब २५० दर्शकहरूलाई २ घण्टासम्म पेट मिचि मिचि हाँस्न बाध्य बनाएका थिए । सो कार्यक्रमको उदघोषण सोमिता धमलाले गरेकी थिइन भने कार्यव्रmममा उपस्थित दर्शकहरूले फेरी पनि यस्तो कमेडी सो आयोजना गर्न आयोजक सँग माग गरेका थिए ।

कार्यव्रmमलाई बेस्ट डिल्स नेपाल, बाइक होलिक सरभिस प्रा.लि., द क्ले – टेक सलुशन प्रा.लि. ले प्रायोजन गरेको थियो भने भेन्यू पार्टनर सर्वनाम थिएटर रहेको थियो ।