अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

राजधानीमा लाइभ स्ट्याण्ड–अप कमेडी सो, दर्शकले पेट मिचि मिचि हाँसे

सुवास प्रधान, काठमाडौँ २०७४ चैत २६ गते ११:०४ मा प्रकाशित

विगत केही महिनादेखि यूट्युबमा चर्चा कमाउँदै आएको नाप–जीएएसएम स्ट्यान्ड–अप कमेडी सोले सेलीब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुत्त आयोजनामा लाइभ स्ट्याण्ड–अप कमेडी गरेको छ ।

उक्त सो राजधानीको मीनभवनस्थित पानस रेस्टोरामा सम्पन्न भएको बताइएको छ । सोमा गायक तथा कलाकार सत्यराज आचार्य र गायक स्वरुपराज आचार्यको विशेष उपस्थिति रहेको थियो । उनीहरूले यस्ता सो भइराख्नु पर्नेमा जोड दिएका छन् । 

कमेडी सोमा पाँच जना हास्य कलाकारहरू लेखमणी त्रिपाल, सहर्ष केसी, रुपक बुढाथोकी, योजना थापा, बिभोर अधिकारीका अतिथिका कलाकार रोशन सुवेदीको बेजोड प्रस्तुतिहरू रहेको जनाइएको छ । सोमा उपस्थिति दर्शकले पेट मिचि मिचि हाँसेको आयोजकको भनाइ छ ।