अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२० | Colorodo: 15:35

नेटवर्क व्यवसाय सञ्चालन गर्ने सातजना पक्राउ

बिआरटीनेपाल २०७५ वैशाख ५ गते १२:०२ मा प्रकाशित

काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध नेटवर्क व्यवसाय सञ्चालन गर्ने सातजनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले लामो समयदेखि आइबोस ग्लोबल मार्केटिङ कम्पनीको नाममा सर्वसाधारणलाई आइबोस सदस्य बनाउने काभ्रेका राजकुमार दंगाल, भक्तपुरका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, पूर्णबहादुर श्रेष्ठ, तिर्सना सुनुवार र सोलुखुम्बुका प्रदीप राईलाई मङ्गलवार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सात जनाले झन्डै आठ हजारलाई सदस्यता बनाएको अनुसन्धानमा खुल्न आएको ब्यूरोले जनाएको छ । जसमध्ये शिवाकोटीले पाँच हजार ८८९, भक्तबहादुरले २५०, रवीनले एक हजार ३२, राईले ३०१, सुनुवारले २०० र श्रेष्ठले १२१ सदस्यता बनाएको अनुसन्धानमा खुलेको छ । दंगाल भने सञ्चालक हुन् । ६६ जनालाई नियन्त्रणमा लिएको ब्यूरोले अनुसन्धानपश्चात् अरूलाई छाडेर सात जनालाई ठगी गरेको अभियोगमा कानुनबमोजिम अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू