अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

नर्भिक अस्पतालले उपचारमा २० प्रतिशत सहुलियत दिने

बिआरटीनेपाल २०७५ वैशाख १ गते ७:२० मा प्रकाशित

काठमाण्डौं , नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले काठमाण्डौं– ११ का नागरिकको उपचारमा २० प्रतिशत सहुलियत दिने घोषणा गरेको छ ।
अस्पतालले २५ वर्ष पूरा गरेको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह र वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारबीच उपचार सहुलियत सम्झौता भयो ।

उक्त सम्झौताअनुसार अस्पताल रहेको सो वडाका नागरिकले नर्भिकमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने छन् । त्यसका लागि कार्डको व्यवस्था गरी सेवा उपलब्ध गराइने बताइएको छ ।

अस्पतालले आफ्नो २५ औँ वार्षिकोत्सवकै अवसरमा सगरमाथा आरोह गर्न लागेका पत्रकार महिला टोलीलाई रु २५ लाखको चेकसहित नर्भिकको झन्डासमेत हस्तान्तरण गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेस नेता तथा सांसद प्रकाशमान सिंहले नर्भिक अस्पतालले नेपालको स्वास्थ्य सेवामा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । 

उहाँले भन्नुभयो, “२०७४ साल नेपालको लागि महत्त्वपूर्ण रह्यो, लामो समयपछि तिनै तहका निवार्चन भई जनप्रतिनिधि चुनिएर स्थायित्व कायम हुनु ठुलो उपलब्धि हो ।”

सबै राजनीतिक खराब र पैसा कमाउने सोचका मात्र नहुने भन्दै उहाँले नयाँ वर्षमा गलत विचारलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

कलाकार तथा नर्भिक अस्पतालका सद्भावना दूत हरिवंश आचार्यले नर्भिकले नेपालमै अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।

“नर्भिकले धेरै नेपालीलाई उपचारका लागि विदेश जानबाट रोकेको छ, मेरो निजी जिन्दगीमा पनि वसन्त चौधरी र नर्भिकले लगाएको गुण आजसम्म र्तिन सकेको छैन ।”

वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले नर्भिकले वडावासीका लागि उपचार सहुलियतको व्यवस्था गरेकोमा कृतज्ञता व्यक्त गनुभयो ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष वसन्त चौधरीले २५ वर्षअघि २५ शय्याबाट सुरु भएको नर्सिङ होम आज विभिन्न विशेषज्ञ सेवा, अत्याधुनिक उपकरणसहित विश्वसनीय अस्पतालको रूपमा परिचत भएको उल्लेख गर्नुभयो ।

उहाँले नर्भिकले ज्येष्ठ नागरिकका लागि आन्तरिक र बाह्य सेवामा १० प्रतिशत सहुलियत दिई छुट्टै डेक्सको व्यवस्था गरिने जानकारी दिनुभयो । २५ वर्षकै अवसरमा सम्पूर्ण कर्मचारीलाई एक महिना बराबरको तलब बोनसस्वरुप उपलब्ध गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।

सगरमाथा आरोहण टोलीकी प्रमुख रोजिता बजाचार्यले नर्भिकले स्वास्थ्य सेवाको सगरमाथा आरोहण गरिसकेको बताउँदै आफ्नो टोलीले नर्भिकको झन्डा सगरमाथाको शिखरमा फहराएर आउने वाचा गर्नुभयो ।

पत्रकार महिलाको पाँच सदस्यीय टोली सगरमाथा आरोहणको अन्तिम तयारीमा छ । त्यसैका लागि वैशाख ३ गते टोली लुक्ला प्रस्थान गर्न लागेको टोलीका सदस्य तथा राससकर्मी रेसा बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू