अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

लिलीबिलीको अग्रिम बुकिङ खुल्ला

बिआरटीनेपाल २०७४ चैत २८ गते २२:२३ मा प्रकाशित

नेपाली फिल्म ‘लिलीबिली’को अग्रिम बुकिङ खुलाइएको छ । फिल्म चैत ३० गतेबाट अधिराज्यभर रिलिज हुँदैछ । बुधवार देखी खुलाइएको बुकिङमा फिल्मले धेरै सोहरू पाएको छ । क्युएफएक्स च्यानलका ८ स्टेसनमा मात्र फिल्मले ३८ सो पाएको छ भने त्यस्तै क्युजमा ६ सो, सिने डी सेफ मा ७ सो, एफव्युबमा ६ सो, र बिएसआर मुभिजमा ६ सो पाएको छ ।

हाइप र प्रदीप खड्काको क्रेजलाई हेर्दा फिल्मले आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । फिल्म देशभरका लगभग सबै सिनेमा घरमा प्रदर्शन हुँदैछ । मिलन चाम्स निर्देशित फिल्ममा प्रदीपसँगै प्रियंका कार्की, जस्ता गुरुङ, अनुपबिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाङ्कन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू