अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

साहित्यकार गीता रेग्मीको दोस्रो नियात्रा सङ्ग्रह ‘पत्थरै पत्थर’ विमोचन

बिआरटीनेपाल २०७४ चैत १७ गते ९:२४ मा प्रकाशित

काठमाडौँ, साहित्यकार गीता रेग्मीको दोस्रो नियात्रा सङ्ग्रह ‘पत्थरै पत्थर’को विमोचन भएको छ । साहित्यकार रेग्मीले बर्मा, थाइल्याण्ड र मलेसियाको घुमाइलाई समेटेर तयार गरेको नियात्रा सङ्ग्रह आज साहित्यकार प्राध्यापक राजेन्द्र सुवेदी, प्रा डा सावित्री कक्षपति, प्राज्ञ गीता केशरी र नियात्राकार मोहन चापागार्इंले संयुक्तरुपमा विमोचन गर्नुभयो । उक्त पुस्तक शिक्षा बुक्स पब्लिकेशनले प्रकाशन गरेको हो । 

कार्यक्रममा प्राध्यापक सुवेदीले नियात्रा हिँड्दाहिँड्दै लेखिने साहित्य भएकाले इमान्दार रूपमा लेख्नुपर्ने बताउनुभयो । “नियात्रा लेख्दा लेखकले भोगेको भोगाइलाई यथार्थ रूपमा पस्कनुपर्छ”, उहाँले भन्नुभयो । प्रा. डा. कक्षपतिले नियात्रा नेपाली साहित्यको नयाँ विधा भएकाले यसलाई सरल भाषामा पस्कनुपर्ने बताउनुभयो । घुमेको घुमाइलाई आफ्नो भाषामा ढाल्नु महत्त्वपूर्ण कुरा भएको उहाँको भनाइ थियो ।

नियात्राकार मोहन चापागार्इं कृति नियात्राको नौलो सुसेली भएको बताउनुभयो । झन्डै दुई दशकदेखि नेपाली साहित्यमा कलम चलाउँदै आउनुभएकी साहित्यकार रेग्मीले परिचय, पुस्तान्तर, ज्योतिका युगीन स्वरहरू कथासङ्ग्रह, पश्चिमाहरूको देश नियात्रा सङ्ग्रह प्रकाशित भइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू