अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

नेपाल चिनाउन पोर्चुगलमा पहिलो पटक ‘नेपाल फेस्टिभल’ गरिदै

वाईवि तमू २०७४ चैत १५ गते ४:२४ मा प्रकाशित

पोर्चुगलको राजधानी लिस्बोनमा आगामी अप्रिल १५ ,२०१८ का दिन पहिलो पटक “नेपाल फेस्टिभल”आयोजना हुदै छ । नेपालको पर्यटन प्रबर्धन,नेपाली हस्तकला र विविध नेपाली सास्कृतिक झाँकीहरुको प्रदर्शन गर्दै पोर्चुगलमा पहिलो पटक नेपाल चिनाउने उद्देश्यले “नेपाल फेस्टिभल”को आयोजना गरिएको हो ।

लिस्बोनका लागि नेपाली अवैतनिक बाणिज्यदूतको कार्यालयको संरक्षकत्वमा पोर्चुगलका लागि नेपाली पर्यटनदूत्, नेपाल चेम्बर अफ कमर्श लगायत पोर्चुगलमा कृयाशील बिभिन्न संघ-सस्थाहरुको सह-आयोजनामा हुन् लागेको उक्त फेस्टिभलको मुख्य आयोजक गैर आवासिय नेपाली संघ,पोर्चुगल रहेको छ ।

नेपाली नयाँ वर्ष बिक्रम संबत २०७५को अवसर पारेर आयोजना गरिएको “नेपाल फेस्टिभल”का लागि बिभिन्न उपसमितिहरु बानिसकेको छ र उक्त समितिहरुले आफ्नो काम तिब्र गरिरेहका छन् ।

करिव १० हजार बिदेसीहरुले अबलोकन गर्ने महत्वकांक्षा रहेको “नेपाल फेस्टिभल”का लागि अनुमानित १५ देखि २० हजार युरो बराबरको बजेटको आबश्यकता रहेको छ ।

पहिलो पटक आयोजना गर्न लागिएको १ दिने नेपाल फेस्टिभल”सफल पार्नका लागि पोर्चुगलमा बसोवास गर्ने करिव २० हजार नेपालीहरुले एक व्यक्ति एक युरो सहयोग गर्ने हो भने पनि यो फेस्टिभल सफल हुने छ त्यसैले यो महत्वकांक्षी कार्यक्रममा आफुले सकेको सहयोगका लागि गैर आअवासिय नेपाली संघ,पोर्चुगलले सम्पूर्ण नेपाली समुदायमा अनुरोध गरेको छ ।

बिभिन्न नेपाली खानाका परिकारहरु, नेपाली हस्तकलाका सामाग्रीहरु,नेपाल भ्रमणका लागि आवश्यक सुचना सामग्रीहरु आदि लगायतका स्टलहरु पनि राखिने भएको छ साथै नेपाल भ्रमणका लागि पोर्तुगिज तथा अन्य युरोपिएनहरुलाई जानकारी दिने उद्देश्यले बिभिन्न भेष भुषा,प्लेकार्ड सहित सहर परिक्रमा गर्ने कार्यक्रम रहेको कुरा एनआरएनए,पोर्चुगलका अध्यक्ष कुबिर कार्कीले जानकारी दिएका छन् ।