अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

पोर्चुगलमा ‘लखन स्मृति खुल्ला युरोप अन्तरदेशीय भलिवल प्रतियोगिता’ हुँदै

वाईवि तमू २०७४ माघ १८ गते ८:१० मा प्रकाशित
पोर्चुगलको राजधानी लिस्वोनमा  “माघे सक्रान्ति तथा मगर दिवसको अवसर पारेर शहिद लखन स्मृति खुल्ला युरोप अन्तरदेशीय भलिवल प्रतियोगिता”गरिने भएको छ “खेलकुद,अनुशासन,गतिशिलता,भातृत्व र सभ्य डायस्पोरिक नेपाली समाजमा हाम्रो दायित्व”भन्ने मूल नारा सहित आयोजना गरिएको युरोप स्तरिय अन्तरदेशीय  खुल्ला भलिवल प्रतियोगिता युरोपमै पहिलो पटक पोर्चुगलमा आयोजना  गरिएको पहिलो एतिहासिक तथा महत्वाकाँक्षी प्रतियोगिता हो ।
प्रमुख आयोजक मगर समाज पोर्चुगल रहेको उक्त प्रतियोगिताका लागि पोर्चुगल लगायत युरोपका बिभिन्न देसहरु बाट खेलाडिहरु सहभागी हुने कुरा आज लिस्बोनमा आयोजित  एक पत्रकार भेटघाटमा समाजका कार्यवाहक अध्यक्ष दीपक राना मगरले जानकारी दिएका छन्  ।
माघे सक्रान्ति र मगर दिवस एकै साथ् मनाउने उद्देश्य अनुरुप आयिजित उक्त दिन विविध  सांस्कृतिक कार्यक्रमहरु पनि राखिएको कुरा समाजका महासचिव तथा कलाकार विनोद मगरले जानकारी दिएका थिए भने नेपालका पुर्व राष्ट्रिय भलिवल खेलाडी साथै  प्रशिक्षक,मगर समाज पोर्चुगलका भूपू अध्यक्ष  तथा एनआरएनए,पोर्चुगलका वर्तमान उपाध्यक्ष नारायण काजी थापाले “पोर्चुगलमा आयोजना गरिएको यो प्रतियोगिता निक्कै महत्वाकाक्षी रहेकोले पत्रकार,व्यवसायी,बिभिन्न संघसस्थालगायत पोर्चुगल लगायत युरोपका सम्पुर्ण नेपाली समुदायहरुलाई सहयोग का लागि अपिल सहित अनुरोध गर्नु भएको छ  ।
समाजका सचिव कमल पुन मगरले “यो एतिहासिक कार्यक्रमको सकारात्मक संदेश प्रवाह गरि प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नका लागि पत्रकारलगायत सम्पूर्ण नेपाली समुदायहरुलाई अनुरोध गर्दै कार्यक्रमको बारेमा विस्तृत जानकारी दिनु भएको थियो ।
युरोप अन्तरदेशीय खुल्ला भलिवलमा पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेल टिमलाई क्रमश २ हजार युरो, १  हजार ५ सय युरो र १ हजार युरो सहित ट्रफि सहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने खेल अबधिभर उत्कृष्ट एक खेलाडीले १ सय युरो पुरस्कार सहित मेडल र प्रमाण -पत्र प्राप्त गर्ने छन ।
पोर्चुगलबाट सहभागी हुने खेलाडी टीमहरुले आगामी फेब्रुवरी २३ तारिक  सम्म समुह दर्ता गरिसक्ने पर्ने छ भने पोर्चुगल बाहिरका खेलाडी टीमहरुको हकमा भने फेब्रुवरी १ ,२०१८ राति  १२ बजे सम्म टिम दर्ता गरिसक्नु पर्ने छ ।
यसरि  दर्ता भएका समूहहरुको खेल तालिका २४ फेब्रुवरी २०१८ ,बिहान १० बजे सुचना प्रकाशित गरि जानकारी दिइने कुरा उक्त पत्रकार भेटघाट कार्यक्रममा दिइएको छ ।
सोहि दिन महिलाहरुको सहभागितामा महिला  भलिवल पनि गराईने कुरा महिला भलिवल खेलाडी सरु मगरले जानकारी दिएकी थिइन् भने उक्त प्रतियोगितामा सहभागी हुने पोर्चुगल बाहिरका खेलाडीहरुलाई बस्ने व्यस्था आयोजकले गरेको कुरा समाजका उपाध्यक्ष तथा खेलकुद  संयोजक हुताराज पुनले जानकारी दिएका छन् ।
साथै सो प्रतियोगितामा सहभागी हरेक समूहले आफ्नो टीम दर्ता बापत ३०० युरो तिकिएको छ भने प्रत्यक समुहमा एकजना प्रशिक्षक सहित १० जना खेलाडीहरुको एक समूह हुने कुरा जानकारी दिइएको छ ।
खेल आगामी २५ फेब्रुअरी २०१८ का दिन बिहान ९ बजे बाट शुरु गरिने भएको छ भने खेल पश्चात बिबिध खानाका परिकार सहित मध्यराति सम्म सास्कृतिक कार्यक्रम रहने कुरा आजको पत्रकार भेटमा जानकारी गरिएको छ ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा पोर्चुगललाई कर्मभूमि बनाई बसोवास गरेका नेपाली पत्रकारहरुको उपस्थिति रहेको थियो ।
पोर्चुगलमा रहेका करिव दुई दर्जन भन्दा बढि संघ सस्थाहरुले गर्ने हरेक कार्यक्रमहरुमा यसरि विधिवत रुपमा पत्रकार भेटघाट गरेको इतिहास पाइदैन तर मगर समाज पोर्चुगलले  पत्रकार भेटघाट  गरेर कार्यक्रमको बारेमा सार्वजनिक गरेको भने पहिलो पटक हो ।

सम्बन्धित सामग्रीहरू