अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

‘शत्रुगते’ हेरेपछि धुर्मुस देखी साहित्यकार अमर न्यौपाने समेतको तारिफ

बिआरटीनेपाल २०७४ चैत ११ गते ०:२७ मा प्रकाशित

प्रदर्शनरत फिल्म ’शत्रु गते’ लाई दर्शकले रुचाएका छन् । शुक्रबार देखि प्रदर्शनमा आएको फिल्मको ब्यापार शनिवार आक्रामक देखिएको छ । शुक्रबार फिल्म हेरेका दर्शक मार्फत फैलिएको ’वर्ड अफ माउथ’ का कारण शनिवार फिल्मलाई दर्शकको साथ मिलेको छ । शनिवार राजधानीका अधिकाँस मल्टिप्लेक्स हाउसफुल रहयो भने मोफसलमा पनि अवस्था त्यस्तै रह्यो । राजधानीको क्युएफएक्स , बिग मुभिज , बिएसआर मुभिज लगायतका हलमा कयौ दर्शकले टिकेट पाएनन् भने गोपीकृष्णमा ६ हल , अस्टनारायणको ३ वटा , गुण सिनेमाको ४ वटा हल हाउसफुल रह्यो ।

फिल्म हेर्ने दर्शकले फिल्मलाई रुचाएको निर्माण टीमले जनाएका छन् । फिल्म हेर्न स-परिवारनै आउनेको भिडभाड हलमा छ भने सबै समुहको दर्शकलाई यसले हलसम्म तान्न सफल भएको छ । फिल्मको कथा वस्तुसंगै यसको हासो र रोदनलाई दर्शकले रुचाएका छन् । फिल्म हेरिसकेका अधिकाँस दर्शकले हरिवंश आचार्यको भूमिकालाई रुचाएका छन् भने दीपक राज गिरी अघिल्ला फिल्म भन्दा भिन्न रहेको प्रतिक्रिया दिएका छन् ।

फिल्मलाई ’जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

हरिवंश आचार्य – फिल्मलाई दर्शकले रुचाउनु भएको छ , यो नै हाम्रो पहिलो सफलता हो । दोस्रो सफलता शुक्रबार भन्दा शनिवार दर्शक बढेका छन् । म आफै विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिदा शत प्रतिशत पोजेटिभ पाएको छु । हास्य र रोदनको मिश्रणलाई दर्शकले रुचाएका छन् । शनिवार फिल्म राजधानी तथा मोफसलमा हाउसफुल हुनु मात्र हाम्रो सफलता होइन फिल्मलाई दर्शकले राम्रो छ भन्नु नै हाम्रो पहिलो सफलता हो । हामीले फिल्म रेकर्ड तोडन् बनाएका हैनौ , हामीले दर्शकको मन जित्यौ । यत्रो वर्षपछी मेकिङमा आउदा हाम्रो टिमले दर्शकको रुचाइ अनुसारको फिल्म ल्याउन सक्यौ , दर्शकको टेस्ट बुझ्यौ ।

किरण केसी – हामी दर्शकको प्रतिक्रिया लिन शुक्रबार देखि नै हलमा छौ । शुक्रनार ८० देखि ८५ प्रतिशत अकुपेन्सी पाएका थियौ तर शनिवार भने शत प्रतिशत पायौ । हामीले मल्टिप्लेक्ससंगै गोपीकृष्ण , अष्टनारायण , गुण लगायतका हलमा पनि पुगेर दर्शक प्रतिक्रिया लियौ । फिल्मलाई सबैले रुचाउनु भएको छ , अनि उहाको माया त फिल्मको ब्यापारले देखाई सकेको छ । शनिवार राजधानीमा मात्र होइन मोफसलमा पनि फिल्म हाउसफुल रह्यो । हामी हाम्रो ब्यापारिक रिपोर्ट केहि दिनमै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नेछौ ।

प्रदीप भट्टराई – फिल्मलाई दर्शकले रुचाइदिनु भएकोमा आभारी छु । दर्शकले फिल्म रुचाइरहदा ’जात्रा’ मार्फत फिल्मकर्मी माँझ जताएको विश्वास के होला भन्ने मनमा जिज्ञाषा थियो , तर फिल्मकर्मीले पनि रुचाएपछी म ढुक्क भए । जति पनि फिल्मकर्मीले फिल्म हेर्नु भएको छ , मलाइ विभिन्न मध्यम मार्फत प्रतिक्रिया दिई रहनु भएको छ । हाम्रो एउटै उदेश्य हो मनोरंजन दिने , जसमा हामी सफल भएका छौ । फिल्म प्रति दर्शकले देखाउनु भएको मायाको म सदा आभारी छु ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू